हात्ती आगमन सुचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएपछि स्थानीयवासीहरू हर्षित भएका छन्।
उक्त केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शुभारम्भ गरिएपछि मेची नगरवासीहरू उत्साहित बनेका हुन्
लामो समयदेखि जंगली हात्ती र स्थानीय हात्तीहरूबाट पीडित बनेका उनीहरू अबका दिनमा निकै सहज हुने आशाका साथ उत्साहित बनेका देखिएको हो।
मेचीनगर नगरपालिकाले आयोजना गरेको हात्ती आगमन सुचना केन्द्र शुभारम्भ समारोहमा सभामुख घिमिरेले आफ्नै मोवायलमा लुना जीपीएस एप डाउनलोड गरी त्यसको बटम थिचेर सुचना प्रवाह गरी कन्ट्रोल रुममा रहेको स्क्रिनमा साइरन बजेपछि विविधवत रुपमा केन्द्रको शुभारम्भ भएको थियो ।
बाहुनडाँगी छोटी भन्सारको भवनलाई कन्ट्रोल रुम बनाइएको छ भने त्यही स्क्रिन राखिएको छ ।
यस एप मार्फत हात्ती आएको संकेत कसैले गरेमा यहि साइरन बज्नेछ र सर्वसाधारणले हात्ती आएको खवर पाउने छन् ।
यस अघि प्रकृति प्रकोप सम्बन्धी सुचनाका लागि देशका धनगढी महानगर पालिका, टीकापुर, ठाकुरबाबा, सिद्धार्थ नगरपालिकागरी चारवटा स्थानीय तहमा प्रकृति प्रकोप आगमन सुचना प्रविधि केन्द्र सञ्चालनमा आएको छ हात्तीका लागि देशभरमै पहिलो पटक झापाको मेचीनगरमा केन्द्र सञ्चालनमा ल्याईएको यसका सहजकर्ता उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढीका सल्लाहकार रमेश थापाले जानकारी दिनुभयो । उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढी नामक संस्थाले करिव ८ लाख रुपैयाँको लगानीमा यो प्रविधि सञ्चालनमा ल्याएको मेचीनगर वडा नम्बर —४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिनुभयो ।
शुभारम्भ समारोहमा बोल्दैं प्रमुख अतिति सभामुख घिमिरेले देशका थुप्रै ठाउँमा जंगली हात्तीको समस्या भएपनि झापाका विभिन्न पालिका समेत त्यसबाट अछुतो नरहेको बताउँनुभयो । त्यसमा पनि झापाको मेचीनगर—४ स्थित बाहुनडाँगी जंगली हात्तीको समस्या ज्यादैं हुने स्पष्ट पार्नुभयो ।
जंगली हात्तीको आतंकका कारण हरेक वर्ष मानिसको मृत्यु सँगै हजारौं घरपरिवार विस्थापित हुने तथा यसबाट ठूलो धनजनको क्षति, खेतीयोग्य जमिनको विनाश समेत हुने गरेको छ । यसले जनजीवनमा ठूलो असर पारेको सभामुख घिमिरेको भनाई थियो । पछिल्लो समय विज्ञान र प्रविधिको विकास सँगसँगै मानिस व्यावहारिक रूपमै आफूलाई अनुकूल र सहज हुने ठाउँमा पुगेका कारण हात्ती आगमन सुचना प्रविधि केन्द्रले यसमा केही न्यूनिकरण गर्ने सभामुख घिमिरेले विश्वास व्यक्त गर्नुभयो ।
बाहुनडाँगी हात्ती भारतबाट नेपालमा प्रवेश गर्ने मुख्य गौडा हो । जहाँ दैनिकजसो दर्जनौंको संख्यामा हात्तीहरु नेपाल पस्ने गर्छन् । सर्वसाधारणलाई बस्तीमा हात्ती प्रवेश गरेको जनाउ दिने डिजिटल प्रविधिको प्रयोगले यो समस्या केही हदसम्म कम हुने भन्दैं सभामुख घिमिरेले यसको कार्यान्वयनमा भर पर्ने र यसको भरपुर प्रयोग गर्न समेत स्थानीयवासीलाई उहाँले अनुरोध गर्नुभयो । ‘ हिजो हात्ती र यसले पुर्याउने क्षतिका बारेमा हामीले कथा सुनेका थियौं’ सभामुख घिमिरेले भन्नुभयो— ‘अहिले हामीले आफैले यो पीडा भोग्दै छौ ।’ जंगली हात्तीले दिएको पीडा र आतंक दिर्घकालिनरुपमा समाधान गर्नु नै हामी सवैको चाहाना भएको भएको भन्दैं उहाँले बेला बेला विभिन्न प्रकारका उपायहरु अवलम्बन गरिए पनि समाधान नभएकोप्रति सभामुख घिमिरेले चिन्ता व्यक्त गर्नुभयो ।
पछिल्लो समय फेन्सिङ सोलारका बारेमा स्पष्ट पादैं उहाँले यसले पनि हात्तीको समस्या समाधानमा भूमिका खेल्ने भए पनि हात्तीको चेतना र हामी गर्ने संरक्षणमा कमि भएका कारण प्रभावकारी नबनेको उहाँको भनाई थियो । अब यस्तै प्रविधिबाट स्थानीय सरकार, राजनीतिक दल विभिन्न संघ संस्थालगयात सवै हात्ती आतंकको दिर्घकालिन समाधान खोज्न लाग्नुपर्ने उहाँको भनाई थियो । मानव जीउधनको सुरक्षा र हात्तीको संरक्षण सँगसँगै गर्न सबै सरोकारवाला गम्भीर बन्नुपर्ने देखिन्छ । अबको मानव–हात्ती द्वन्द्व न्यूनीकरण र सहअस्तिवको वातावारण निर्माणमा कुनै एउटा क्षेत्रको काम मात्र पर्याप्त नहुने भन्दैं सभामुख घिमिरेले यसका लागि बहुपक्षीय र एकीकृत रणनीतिहरू आवश्यक पर्ने बताउँनुभयो ।
संरक्षण क्षेत्रबाहिर रहेका महत्वपूर्ण क्षेत्रहरूमा हात्तीको बासस्थान व्यवस्थापन गरी स्थानीय बासिन्दाहरूमा अपनत्व जगाउने कार्यले मानव–हात्ती सहअस्तित्वमा सकारात्मक योगदान गर्न सकिने यसक्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको भनाई । साथै, हात्ती विचरणको कुनै राजनीतिक सीमा निर्धारण नहुने हुँदा अन्तरसीमा सहकार्यसहितको संरक्षण र हरित कूटनीतिलाई बलियो बनाउँदै मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा छिमेकी राष्ट्र भारतको समेत साथ र सहयोग लिन सक्नुपर्न सुझाँव उनीहरुको छ । हात्तीको आवागमनको सूचना आदानप्रदानदेखि, समस्याग्रस्त हात्तीको पहिचान तथा नियन्त्रणमा प्रविधि र संरक्षणका लागि आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग लिन सकिने, मानवबस्तीमा हात्तीको प्रवेश घटाउन जैविक मार्गमा सघन व्यवस्थापन गर्नुपर्ने र हरित क्षेत्र र वन्यजन्तुमैत्री सिमसार व्यवस्थापन र सुधार पनि उत्तिकै जरुरी रहेको बताइएको छ ।
मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको हात्ती आगमन सुचना प्रविधि केन्द्र शुभारम्भ कार्यक्रममा संविधान सभा सदस्य रविन कोइरालाले यसले यसक्षेत्रमा हात्तीको पीडा खेपी रहेका स्थानीयवासीले केही भएपनि राहत महशुस गर्ने अपेक्षा गर्नुभयो । उहाँले यो केन्द्र स्थापना भएपछि मानव हात्तीबीचको द्वन्द न्यूनिकरण हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
मेचीनगर वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले सञ्चालन गरेको कार्यक्रममा उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढीका सल्लाहकार रमेश थापाले प्रविधिका बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख मीना पाख्रेल उप्रेती, वागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, विभिन्न राजनीति दल, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, सुरक्षाकर्मी, सञ्चारकर्मीलगयात सर्वसाधारणको उपस्थिती रहेको थियो ।मेरोमेचीनगर
Discussion about this post