अबको पत्रकारिता नयाँ मोडलमा लैजानुपर्छ-बालकृष्ण बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हामीले पत्रकारिता कता लादैँ छौँ, त्यसको अब रिभयु गर्नु पर्ने बेला भएको बताएका छन् ।

आजदेखि बिर्तामोडमा प्रेस काउन्सिल नेपालले आयोजना र नारी सञ्चार गृह झापाको संयोजनमा सुरु भएको दुईदिने ‘नयाँ प्रविधिको माध्यमबाट उन्नत पत्रकारिता’ तालिममा प्रमुख अतिथि वस्नेतले सो कुरा बताएका हुन् ।

उनले पछिल्लो समय पत्रकारितामा गुम्दै गएको विश्वसीनियता फर्काउन पनि सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नु पर्नेमा जोड दिए ।

‘पत्रकारले आचारसंहिता बिर्सन हुँदैन’, अध्यक्ष वस्नेतले भने–‘जहिले नेगेटिभ मात्र समाचार लेख्न हुँदैन । सोच्न पनि हुँदैन । जसले गर्दा विश्वास गुमेको अवस्था छ । त्यसलाई फर्काउन विश्वाससिलो र सत्यतथ्य समाचारमा ध्यान दिन जरुरी रहेको छ ।’

भोलिसम्म सञ्चालन हुने तालिममा कोशी प्रदेशका चार जिल्ला झापा, इलाम, सुनसरी र मोरङका ४० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको छ ।

आज तालिममा प्रेस इन्स्टिच्यूटका प्रशिक्षक लिलाराज भट्टराई, कृत्रिम पत्रकारितामा बौद्धिकता (एआई) को प्रयोग र नसना बज्राचार्यले मल्टिमिडियाका लागि फोटो र भिडियो खिच्ने तरिकाका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष माधव विद्रोही, कृष्ण हुमागाई लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य गणेश पोखरेलको अध्यक्षता, कार्यक्रमको स्वागत नारी सञ्चार गृहकी पूर्व अध्यक्ष भीमा शिवाकोटीले र सञ्चालन नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमले गरेकी थिइन् ।mechinagarbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array