काठमाडौँ
अभियानकर्मी मिना ढकाल पूर्व सासुआमालाई नजर बन्द गराएको आरोपमा पक्राउ परेकी छिन्।
काठमाडौँको बालकोटस्थित पूर्व श्रीमान मनोज गजुरेल को घरमा पुगेर पूर्व सासुआमालाई घरभित्र थुनी ताला लगाएपछि पुगेको पुलिसले ढकाललाई पक्राउ गरेको हो।

हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ। । ढकालले केही युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी थिइन् ।

मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ वर्षकी गजुरेलकी आमालाई धम्काएर चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको हो ।

२०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भइसकेपछि पनि मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् । तर, मिना योपल्ट भने घरमै चाबी लगाउन पुगेकी हुन् । मनोजको स्थायी घर झापाको कमल गाउँपालिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *