राजकुमार ओली
अर्जुनधारा झापा
शनिश्चरे बजारको सनिश्चरे माविमा १ करोड रुपैयाँ राशिको अक्षकोष बनाउने तयारी गरिएको छ।
आज आइतबार पूर्व विद्यार्थीहरु को एक भेलाले विद्यालय सचिव गुणस्तर सुधार गर्नको लागि १ करोड राशिको अक्षयकोष बनाउने तयारी थालिएको हो
विद्यालयका पूर्व विद्यार्थीहरू को भेलाबाट स्कुलको गुणस्तर सुधार गर्न गरिब र विपन्न जेहेनदार विद्यार्थीहरुलाई शिक्षामा केही गर्ने सोचका साथ कोषको तयारी गर्न लागिएको पूर्व विद्यार्थी कुमार भट्टराईले पूर्व खबरलाई जानकारी दिए।
आफू पढेको र एसएलसी पास गरेको स्कुलको गुणस्तर सुधार र गरिव, बिपन्न जेहेन्दार बिद्यार्थीको शिक्षाका लागि केही गर्ने सोच अघि सारिएको छ… पूर्व विद्यार्थी तीर्थ सिग्देल ले पूर्व खबरलाई भने हामीहरु सम्पूर्ण पूर्व विद्यार्थीहरू विद्यालयको पहिचान राष्ट्रिय स्तरमा बनाउन लागि परेका छौं।।
नेपालकै धेरै पुरानो र चर्चित स्कुल शनिश्चरे माबिका पूर्व बिद्यार्थी समाजका अध्यक्ष सहकारी अभियन्ता तथा सामाजिक व्यक्ति महेन्द्रकुमार गिरी को अगुवाईमा विद्यालय शैक्षिक गुणस्तर वृद्धि अभियान सुरु गर्न लागिएको सिग्देल ले बताए।
सिग्देलले आफूहरुले विद्यालयको पहिचानलाई राष्ट्रिय स्तरमा काम राख्न यो अभियान सुरु गर्न लागिएको जानकारी दिनुभएको छ।
आज आइतबार नै पूर्व विद्यार्थीहरूले विद्यालयका प्रधानाध्यापक सँग बसेर केही महत्वपूर्ण छलफल गरेको पूर्व विद्यार्थी महेन्द्र कुमार गिरीले जानकारी दिनुभएको छ।।
आउने दिनमा विद्यालय मा पूर्व विद्यार्थी समाजको पुनर्गठन गर्ने
कार्यबिधि निर्माण गरेर अक्षय कोष बनाउने र छात्रबृत्ति प्रदान गर्ने बिपन्न, गरिव, जेहेन्दार विद्यार्थीको छनोट गरेर शैक्षिक सामाग्री तत्कालै प्रदान गर्ने र त्यसलाई निरन्तरता दिने एक बैंक खाता संचालन गर्ने र विश्वभरी रहेका यस स्कुलका पूर्व बिद्यार्थीबाट स्वेक्षिकरुपमा सहयोग जुटाउने अक्षयकोष न्यूनतम एक करोड पुर्याउने योजना बनाइएको जानकारी दिनुभएको छ।।
त्यस्तै विद्यालयमा दसैँ तिहारतिर पारेर पूर्व बिद्यार्थी भेला गर्ने र गुरु सम्मान कार्यक्रम गर्ने ,यस कार्यलाई अभियानको रुपमा अगाडि बढाउन विभिन्न वर्षका समितिहरु सँग सम्बाद र सहकार्य गरेर जाने लक्ष्य राखिएको पूर्व विद्यार्थीहरूले बताएका छन्।