प्रेस र सन्चारकर्मी जोगाउन विधेयकमा समेत प्रेस काउन्सिल कडाइको साथ लागिपरेको अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभएको छ ।आज आइतवार झापाको विर्तामोडमा पत्रकारिता तालिमलाइ समापन गर्नुहुदै अध्यक्ष बस्नेतले अवको दिनमा अलिक फरक किसिमबाट पत्रकारितामा लाग्न समेत बताउनुभएको छ ।
अवको प्रत्येक दिन गुणात्मक र खोजमुलक साथै प्रविधीमैत्री पत्रकारिताको समय आएको बताउनुभएको हो ।
किोशी प्रदेशका चार जिल्लाका पत्रकार महिलाका लागि ‘नयाँ प्रविधिको माध्यमबाट उन्नत पत्रकारिता’ तालिम झापाको विर्तामोडमा शनिवार बाट शुरु भएको तालिमलाइ बस्नेतले सम्वोधन गर्नूभएको हो ।
दुइ दिने तालिमको संयोजन नारी सञ्चार गृह झापाले गरेको थियो भने तालिममा पत्रकारितामा नवीनतम् प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भनेर पत्रकारहरुलाई प्रशिक्षण प्रदान गरिएको काउन्सिलका सदस्य गणेश पोखरेलले बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले शनिवार होटल ग्रेन्ड पेसिफिकमा उद्घाटन गरेको तालिममा पत्रकारितालाई विश्वसनीय बनाउन युटुवको समेत सदुपयोग आजको आवस्येकता देखिएको तालिममा सहभागीहरुले बताउनुभएको छ ।दुइ दिने तालिम छोटो भएपनि उपलव्दीमुलक भएको तालिममा सहभागी सुव्रत न्यौपानेले बताउनुभएको छ ।
तालिममा सहभागी सन्चारकर्मीहरुले गलत र तथ्यहीन समाचारका कारण पत्रकारिताप्रति जनविश्वास गुम्दै गएको भन्दै चिन्ता प्रकट गरेकाछन
तालिममा झापा, इलाम, मोरङ र सुनसरी जिल्लाका ४० भन्दा बढी पत्रकार महिला सहभागी थिए।
प्रेस इन्स्टिच्यूटका प्रशिक्षक लिला भट्टराईले कृत्रिम पत्रकारितामा बौद्धिकता एआईको प्रयोग र नसना बज्राचार्यले मल्टिमिडियाका लागि फोटो र भिडियो खिच्ने तरिकाका विषयमा तालिम दिनु भएको थियो ।
काउन्सिलका सदस्य पोखरेलको अध्यक्षता र नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य नारी सञ्चार गृहकी पूर्व अध्यक्ष भीमा शिवाकोटीले गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष माधव विद्रोही र कृष्ण हुमागाई गणेश मुखिया,उमाकान्त खनाल,रमा दाहाल भण्डारी लगाएतले तालिमको समिक्षागत टिप्पणी गर्दै आउने दिनमा यस्ता कार्यक्रमहरु नेपालभरि नै सन्चालन गर्न आवस्येक रहेको बताउनुभएको छ ।
Discussion about this post