च्यासल काठमाडौँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ बन्ने सरकारका लागि मन्त्रालयको बाँडफाँट भइ नसकेको बताउनु भएको छ। बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साै कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मन्त्रालयको बाँडफाँट पनि भइसकेको छैन। कुन पार्टीबाट को-को सरकारमा सामेल हुने भन्ने कुरा साधारणतः हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतः बराबरको हैसियतमा व्यवहार गर्दछन्। सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरुलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ। त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ।’

अध्यक्ष ओलीले आफूले जनतालाई केन्द्र भागमा राखेर काम गर्ने समेत प्रतिवद्धता जनाउनु भयो ।
Yobelabata

Leave a Reply

Your email address will not be published. Required fields are marked *