दुईवटा बस पहिरोमा बग्दा करिब ६५ जना बेपत्ता भएका छन्।
पहिरोले त्रिशुली नदीमा दुईटा बस बगाएपछि सम्पूर्ण यात्रीहरूको अवस्था अज्ञात छ।
पहिरोले त्रिशुली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी रहेको छ ।
प्रहरीकाअनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए ।
त्रिशुलीमा खसेका बसमा वीरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।
वीरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाटबाट ३५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना परिचालन भएका छन् ।
अहिले यात्रुको अवस्था अज्ञात रहेको र त्रिशुली नदीमा बसको खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ।