सहारा साकोसको बढ्यो लगानी योग्य रकम

0
SHARES
7
VIEWS

नेपालकै सबैभन्दा ठुलो झापा चारपानेको सहकारी संस्था सहारा नेपाल साकोसको लगानी योग्य रकम (तरलता) रकम बृद्धि भएको छ ।

संस्थाले प्रकाशित गरेको कात्तिक मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थासँग तरलता १८ दशमलव ६३ प्रतिशत रहेको छ । असोज मसान्तमा संस्थासँग १७ दशजलव ५४ प्रतिशत तरलता थियो ।

संस्थाले कात्तिक मसान्तसम्ममा १० अर्ब ९ करोड ७१ लाख ४३ हजार २५२ रुपैयाँ बचत संकलन, १२ अर्ब ५४ करोड ३४ लाख ४४ हजार ऋण लगानी गरेको छ ।

कात्तिक मसान्तसम्ममा संस्थाको कूल सम्पत्ती १५ अर्ब ४४ करोड ६४ लाख ६३ हजार ९ सय ७४ रुपैयाँ, सेयर पुँजी १ अर्ब ६३ करोड १८ लाख ६६ हजार ८ सय रुपैयाँ, जगेडा कोषमा १ अर्ब ११ करोड २१ लाख ६६ हजार ८ सय ४० रुपैयाँ र अन्य कोषहरुमा ९१ करोड ९ लाख ८४ हजार रहेको छ ।

संस्थामा १ लाख ६० हजार ४ सय ३९ जना सदस्य रहेका छन् भने संस्थाबाट ८४ हजार ९ सय ६ जनाले ऋण लिएका छन् jhapatoday

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार