ओली क्याबिनेटमा उपप्रधानमन्त्री प्रकाशमान र विष्णुको चर्चा

केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा उपप्रधानमन्त्री नराखिने प्रारम्भिक सहमति भएको थियो । सो सहमतिमा हेरफेर गरेर अब उपप्रधानमन्त्री पनि राखिने भएको छ ।

ओली सरकारमा उपप्रधानमन्त्री नराखिने भनेर पहिले प्रचार कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभएको थियो । उपप्रधानमन्त्री नराखिने थाहा पाउने वित्तिकै कांग्रेस नेता गगन थापाले आफू सरकारमा नजाने घोषणा गर्नुभएको थियो । गगनले अब उपप्रधानमन्त्री नबनी सरकारमा नजाने भन्दै निकटहरु बीच घोषणा गरिसक्नुभएको बुझिएको छ ।

तर, अब भने उपप्रधानमन्त्री राखिने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाएर सरकारमा पठाउन चाहनुभएको बुझिएको छ । कांग्रेसको तर्फबाट उपप्रधानमन्त्री राख्ने कुरामा भावी प्रधानमन्त्री ओलीले सहमति जनाउनुभएको बुझिएको छ ।

कांग्रेसको तर्फबाट उपप्रधानमन्त्री राखिने भएपछि एमालेको तर्फबाट पनि उपप्रधानमन्त्री राखिने भएको छ । स्रोत अनुसार एमाले नेता विष्णु पौडेललाई उपप्रधानमन्त्री सहित अर्थमन्त्रीको जिम्मेवारी दिइन लागेको छ ।sanrisekhabarbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array