भाषाविद चुडामणि रेग्मी लगाएतका सर्जकहरुलाइ अभिनन्दन

बरिष्ठ सन्चारकर्मी नकुलकाजीलाइ अभिनन्दन गर्दै साहित्य चौतारी झापाले २५ औँ रजत जयन्ती सहित वार्षिकोत्सव मनाएको छ ।कार्यक्रममा नकुलकाजी शान्ति ठटाल,एल पि जोशी भाषाविद चुडामणि रेग्मी लगाएतका सर्जकहरुलाइ अभिनन्दन सहित सम्मान गरेको हो ।

सोही अवसर पारेर साहित्य चौतारी झापाले रजत वर्ष महाअभियान अन्तर्गत २११औं भानुजयन्तीसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ।

२०५६ सालमा विर्तामोडमा साहित्य चौतारी स्थापना भएको थियो । साहित्य, संगीत र कलाको माध्यमबाट सामाजिक रूपान्तरण र जागरणको अभियानमा साहित्य चौतारीले स्रष्टा र सर्जकहरुलाई गोलबद्ध गरी संरक्षण र अवसर प्रदान गर्दै आएको छ ।

साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठले साहित्य, संगीत, भाषा, कला र संस्कृतिको क्षेत्रमा अविच्छिन्न सेवारत विभिन्न व्यक्तित्वलाई रथारोहण र अभिनन्दनसहित गरिएको कार्यक्रममा नेपाल तथा भारतका कवि तथा कलाकारहरुले आ आफ्ना कला तथा प्रतिभा प्रस्तुत गर्नृूभएको थियो ।
सोही कार्यक्रममा चौतारीको स्मारिका समेत विमोचन गरिएको छ

चौतारीले गायन प्रतिभाकी धनी शान्ति ठटाल, भाषाविद् चूडामणि रेग्मी, नेपाली पत्रकारिता क्षेत्रका सिद्धहस्त व्यक्तित्व नकुल काजी र लोक सम्राट एलपी जोशीलाई रथारोहण गराएको हो भने कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।

सोही अवसरमा प्राध्यापक डाक्टर टंक न्यौपाने र गंगाप्रसाद अधिकारी, साहित्यकार कुन्ता शर्मा, अनुराधा थापा, बिक्रम श्री, प्रतिष्ठानका र कवि मनु मञ्जिललाई सम्मान गरिएको छ।

।रजत वर्षका अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिता पनि आयोजना गरिएको साहित्य चौतारीका सचिव गौरव श्रेष्ठले बताए।

कार्यक्रममा छिमेकी राष्ट्र भारतबाट समेत नेपालीभाषी साहित्य, संगीत र कलाका मूर्धन्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो

https://www.facebook.com/share/v/LwguAaHkEQNApKot/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array