वन विज्ञान सहितको प्राविधिक शिक्षालयभित्रको विवाद छताछुल्ल —प्रशिक्षकहरुले गरे तालावन्दी

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको वन विज्ञान सहितको प्राविधिक शिक्षालयभित्रको विवाद छताछुल्ल भएको छ । शिक्षालयमा कार्यरत प्रशिक्षकहरुले प्रशासन शाखामा तालावन्दी गरेपछि समस्या बाहिर आउदै विवाद छरप्रस्ट देखिएको हो ।

पाँच महिनादेखि तवल नपाएपछि प्रशिक्षकहरुले तालावन्दी गरेका हुन् । करिव ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको संस्थापक प्रशिक्षक नविन किशोर बिमलीले जानकारी दिदै अन्तिम विकल्पको रुपमा तालाबन्दी गर्न बाध्य भएको बताउनुभएको हो । । विमलीले शिक्षालयमा कार्यरत प्रशिक्षकको भुक्तानी रोकेपछि तालावन्दी गर्न बाध्य भएको जानकारी दिनुभएको हो । सहमति अनुसार असार मसान्तभित्र तलव भुक्तानी गर्ने भनिएको थियो, विमलीले भन्नुभयो – अहिले साउन अन्तिम र भदौ पहिलो हप्ता भनिदैछ । प्रतिष्ठान नै अस्तव्यवस्त अवस्थामा पुगेको बताउदै विमलीले प्रशिक्षकहरुले सामूहिक राजीनामा दिइसकेको बताउनुभएको हो ।

प्रतिष्ठानका अध्यक्ष ज्योति सिहं दर्लामीलाइ पटक–पटक फोन सम्पर्क गर्दा समेत फोन नउठाएपछि तालावन्दी गरिएको शिक्षकहरुल्ो बताउनुभएको हो । तालावन्दीपछि आज बुधवार सञ्चालक समितिहरु समेत शिक्षालय आएका थिए । प्रशिक्षक र विद्यार्थीसँग समेत भएको छलफलले निकासको बदलामा समस्या थप गरेको प्रशिक्षक शान्ति राईले हिमशिखरलाइ बताउनुभयो ।मआफुहरुल्ो ६ महिनाबाट विना तलव पढाइरहेको भएपनि अवको विकल्प सकिएकोले तलव नपाएसम्म आफुहरुको आन्दोलन शूरु भएको राईले बताउनुभयो

प्रशिक्षक र अध्ययनरत विद्यार्थीले आज सञ्चालक समितिसँग छलफलका क्रममा चित्त नबुझाएपछि स्थिति तनावपूर्ण भएको हो । प्रतिष्ठानका अध्यक्ष ज्योतीसिंह दर्लामीले कुरा राख्ने क्रममा प्रशिक्षक र विद्यार्थीहरु आक्रोसित भएको देखिएको छ । उनीहरुले फेरि पनि आलटाल गर्ने प्रयास भएकाले आन्दोलन नरोकिने प्रतिक्रिया दिएका छन् ।

यो घटनाले शिक्षालयभित्रको बेथिती छताछुल्ल भएको छ । शिक्षालयमा कार्यरत प्रशिक्षक र विद्यार्थीहरुले त्यहाँभित्रको समस्याप्रति सञ्चालक समिति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । समयमा तलव नदिने, प्रयोगात्मक सामग्रीको व्यवस्था नगर्ने समस्याले विद्यार्थीको पठनपाठन समेत प्रभावित भइरहेको छ ।

गत जेठ महिनामा भएको सहमति अनुसार कार्यान्वयन नभएपछि प्रशिक्षकसँगै विद्यार्थी पनि आन्दोलित भएका हुन् । विद्यार्थीहरुले नियमित पठनपाठन हुनुपर्ने, प्रयोगशालाको व्यवस्थापन गर्नुपर्ने लगायतका माग गरेका छन् । उनीहरुले शिक्षालय समस्याग्रस्त भएपछि सिटिइभिटी, शिक्षा मन्त्रालय, प्रतिष्ठानको केन्द्रीय कार्यालय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन समेत दिएका छन् । विद्यार्थीहरुले सबै रकम फिर्ता गर्दै अर्को प्राविधिक शिक्षालयमा स्थान्तरणको माग अघि सारेका छन् ।

हरेक विद्यार्थीहरुसँग १ लाख ७० हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्म रकम लिने गरिएको छ । स्रोत व्यवस्थापनमा समस्या नभए पनि भुक्तानी नदिएको प्रशिक्षकहरुको भनाई छ । बाली विज्ञान, पशु विज्ञान र वन विज्ञान पठनपाठन गरिरहेको प्रतिष्ठानमा एक ब्याचका विद्यार्थीहरु पास आउट भइसकेका छन् । पास आउट भएका विद्यार्थीहरुले सर्टिफिकेट नपाएको, धरौटी वापत बुझाएको रकम फिर्ता नपाएको र छात्रवृत्ति पाउने विद्यार्थीहरुले बुझाएको लाखौं रुपैयाँ फिर्ता नभएको विद्यार्थीहरुले दुखेसो पोखेका छन् ।

प्रतिष्ठान व्यवस्थापन समितिका अध्यक्ष ज्योतीसिंह दर्लामीले स्रोत व्यवस्थापनमा कठिनाई भएको जानकारी दिए । उनले सिटिइभिटी र स्थानीय तहबाट प्राप्त गर्नुपर्ने बजेट नआएका कारण भुक्तानीमा कठिनाई भएको बताएका छन् ।

शिक्षालयको समस्याका बारेमा जानकारी गराउदा समेत सुनुवाई नगर्ने, धम्क्याउने गरेको विद्यार्थीहरुको आरोप छ । प्रतिष्ठानको अवस्था संकटग्रस्त भएकाले विद्यार्थीहरुले आफ्नो भविष्य सुरक्षाका लागि स्थान्तरण गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array