मेची यातायात कार्यलयको नाममा अख्तियारमा उजुरी दर्ता— कार्यलय प्रमुख लुइटेल भन्छन- सार्न मेरो कुनै हात हुदैन ,हुनेछैन

राजकुमार ओली
विर्तामोड झापा यातायात व्यवस्था कार्यालयलाइ कुनै पनि हालतमा सार्न नमिल्ने जग्गादाताहरुले बताउनुभएको छ ।
दाता मदन खड्काले आफुहरुल्ो भगवान चोक र विर्तामोडको विकासका लागि करोडौ मुल्य पर्ने जमिन निशुल्क प्रदान गरेको तर हाल माफियाको कारण गरामनीमा कार्यलय सार्ने योजना बुनिएको प्रति खड्का परिवारले आपत्ति जनाएको हो ।
२०६८सालमा ३० धुर जमिन मागिएको भएपनि भगवान चौकबाट ५ सय मिटर नजिकमा मेहरमान कवर्डहल संगै जोडिएको४० धुर जमिन निशुल्क पास गरिदिएको तर हाल माफियाले अन्यन्त्रै सार्न लागिएको भन्दै दाताहरुल्ो आपत्ति जनाएका हुन ।
जमिन अभाव भए अझ जमिन थपिदिन सक्ने र अन्यन्त्रै सार्न कदापि नदिने खडका परिवारले बताएको छ ।मापदण्ड अनुसार पनि यो कार्यलय जगंल छेउ सार्न नसकिने मदन खड्काको दावी छ ।

भवन सार्ने विषय बाहिर आएपछि हाल गत असारमा नै अख्तियारमा उजुरी परेको पाइएको छ ।

गत असार ९गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नम्वर सि ०८१२७९ नम्वर रहेको दर्ता देखिएको स्थानियहरुले बताएकाछन ।

आफुहरुलाइ कार्यलय सार्न लागिएको भन्दै स्थानियबासीहरुले उजुरी हालेको पाइएको छ ।मापदण्ड विपरित भवन सार्न लागिएको भन्दै अख्तियारमा उजुरी परेको देखिएको हो ।
करोडौंको जग्गा निशुल्क उपलब्ध गराउने बिर्तामोड –३ का बद्री खड्काले कार्यालय सार्ने कुराको विरोध जनाउनुभएको हो ।
उनले अर्को ठाउँमा कार्यालय सार्नुपर्ने कुनै कारण नभएको जवरजस्ती गर्न खोजिएको स्थानिय व्यावसायी भुपाल सापकोटाले बताउनुभयो ।
आफुहरु जस्ता व्यावसायीहरु यहाँ अहिले २सय ५५ जना धेरै रहेको र यही कार्यलयलाइ आधार बनाएर व्यावसाय गरिरहेकोले पनि यो कार्यलय मापदण्ड भन्दा बाहिर गएर सार्न नहुने सापकोटा बताउनुहुन्छ ।

तत्कालिन कार्यालय प्रमुखले यातायात कार्यालयका लागि डेढ कठ्ठा जमिन माग गर्दा खड्का परिवारले २ कठ्ठा उपलब्ध गराएको थियो । अहिलेको कार्यालय निर्माणका लागि जग्गा दिने दाता खड्का भन्छन्, ‘कार्यालय सार्ने कुरा षडयन्त्रमुलक छ, साँघुरो भएर होइन । यहाँभित्र ठुलै सेटिङ भएको हुनुपर्छ ।’

०६८साल फाल्गुन २९ गते खड्का परिवारले यातायात कार्यालयलाई जग्गा उपलब्ध गराएको थियो । जग्गा उपलब्ध गराएको दुई वर्षपछि मात्रै भवन बनाइएको थियो, – भवन बनिसके पछि पनि विविध कारणले भवन सार्न सकिएको थिएन त्यसको दुई वर्षपछि सारियो । कार्यालय सार्नका लागि पनि कर्मचारीले घुस मागेपछि कार्यलय सर्न अवेर भएको थियो ।दाताहरुले हामी घुस दिन सक्दैनौं भनेपछि बल्लतल्ल सारिएको दाताहरुले स्मरण गरेका छन ।

बिर्तामोडको कार्यालयलाई गरामनीभित्र सार्ने चलखेल थाहा पाएपछि खड्का परिवारले गत वर्ष देखि नै आपत्ति जनाइरहेको हो । उनीहरुले जग्गा धेरै दिने भन्दैमा सार्दै जाने हो भने कहाँ पुग्छ यातायात कार्यालय भनि प्रश्न गर्नूभएको छ खड्का ले प्रश्न गर्नूभयो – गरामनीको जग्गाभन्दा धेरै दिने आए भने के फेरि सारिन्छ कि सारिदैन ,

जग्गादाता खड्काले यातायात कार्यालयलाई अहिले उपलब्ध गराउने जग्गाभन्दा धेरै र नजिक दिन पनि तयार रहेको बताउनुभएको छ ।
खडकाले कार्यालय सार्दा नयाँ भवन निर्माणमा लाग्ने बजेट बराबरको जग्गा खरिद गर्नुपर्ने र बाँकी आवश्यक जग्गा स्थानीय मिलेर सहयोग गर्ने योजना बनाएको बताउनुभएको छ ।

हाल यातायात कार्यलय संगै जोडिएको खड्का परिवारले दान दिएको गौरीशँकर खड्का स्मृति प्रतिष्ठानको २ कठठा जमिन र मेहरमान कवर्डहलको ४० कठठा जमिन खाली नै छ ।उक्त जमिन समेत मेची यातायात कार्यलयले सहमति गरेर लिजमा प्रयोग गर्न सकिने तर त्यो विषयमा पहल गर्न जरुरी रहेको स्थानिय अगुवा राजु घिमिरेले बताउनुभएको छ ।

आफुहरु समेत विर्तामोड ३ कै अगुवा भएकोले आफुहरुल्ो प्रयोग गर्दै आएको मेहरमान कवर्डहलको २ विगाहा जमिन मध्ये केही जमिन सहमतिमा दिन सकिने जानकारी दिनुभएको छ ।

यातायात कार्यालय सार्ने विषयमा कार्यलयलेजग्गादाता परिवारसँग कुनै पनि परामर्श नभएको दुखेसो पोखेका छन् । उनका अनुसार सार्नका लागि टिप्पणी समेत उठाइसकिएको भन्ने सुन्नमा आएको छ । साँघुरो भएकै हो भने खुल्ला गर्नका लागि सहयोग गर्न तयार छौं, खड्काको भनाइ छ । कार्यालय सेवाग्राहीलाई नै असहज हुने ठाउँमा पुराउन नहुने उनको तर्क छ ।

अहिले यातायात व्यवस्था कार्यालय झापाको कार्यालय पूर्व–पश्चिम राजमार्ग दक्षिण ५ सय मिटरको पेरिफेरिमा सञ्चालनमा रहेको छ ।

कार्यालयले दुई कठ्ठामा बनाएको संरचनामा काम गर्न असहज भएपछि भाडामा पनि जग्गा लिएर सेवा प्रवाह गर्दै आएको छ ।तर मेची यातायात कार्यलय सार्ने भन्ने विषयमा कुनै पनि कागज अघि आफुले अघि नबढाएको कार्यलयका प्रमुख बावुराम शर्मा लुइटेलले बताउनुभएको छ ।
आफुले बाहिरबाट पनि कार्यलय सर्ने अरे भन्ने हल्ला सुनेको तर त्यस्तो हुनै नसक्ने लुइटेल बताउनुहुन्छ ।
आफुले चाहेर कार्यलय सार्न नै सकिदैन कार्यलय प्रमुख लुइटेलको भनाइ छ ,।कार्यलय सार्नको निम्ति मापदण्ड र आचार सहिता छ ,कार्यलय रहेको विर्तामोड नगरपालिकाको प्रमुख समितीको सयोंजक र उक्त जिल्लाको मालपोत कार्यलयको प्रमुख सदस्य सचिव रहने,जिल्ला प्रशासन कार्यलयको तोकिएको अधिकृत,सदस्य ,नापी कार्यलय झापाको प्रमुख सदस्य ,तथा मेची यातायात कार्यलय विर्तामोडका प्रमुख सदस्य रहने नियामावली रहेको हुँदा आफु त्यस्तो समितीको सदस्य मात्रै हुने भएकोले आफनो कुनै हात नरहने लुइटेलले बताउनुभएको छ ।

खड्का परिवारले यातायात कार्यालय, गौरीशंकर प्रतिष्ठान, मेहरमान प्रतिष्ठान, कभर्ड हल निर्माणका लागि करिव २ विघा जमिन निशुल्क प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array