प्रधानमन्त्रीको सल्लाहकारमा डा खतिवडा र विष्णु रिमाल नियुक्त

प्रधानमन्त्री केपी ओलीको सल्लाहकारमा डाक्टर युवराज खतिवडा र विष्णु रिमाल नियुक्त भएका छन्।
आज बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडा र एमाले नेता विष्णु रिमाललाई नियुक्ति गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका हुन्।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा उपमहासचिव रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो।

रिमालले ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए भने खतिवडा अर्थमन्त्री थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array