बिर्तामोड झापा
झापाकी ब्युटिसियन उमा थापाले आफ्नो जन्मदिन वृद्धा आश्रममा मनाएकी छन्।
मङ्गलबार बिर्तामोड ४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रको वृद्धा आश्रममा ब्युटिसियन उमा थापाले ४२ जना जेष्ठ आमाबुवाहरूलाई वृद्धा आश्रममै पुगेर मिस्टाङ्ग भोजन गराउनु भएको हो।
आफूले आफ्नो जन्मदिन यस्तै बाल आश्रम र वृद्धाश्रमहरुमा मनाउन पाउँदा गर्व लाग्ने र आमाबुवाहरूको अनुहारमा खुसी हेर्न पाइने भएकोले पनि आजको दिन आफ्नो जन्मदिनलाई वृद्धा आश्रममा मनाएको थापाले बताउनुभयो।
बिर्तामोड तिनमा beauty power व्यवसाय गर्दै आउनुभएकी थापाले असहाय गरिब र सहारा विहीनहरूको काखमा बसेर आफ्नो जन्मदिन मनाउँदा आनन्द लागेको पूर्व खबरलाई जानकारी दिनुभयो
आफ्नो प्रिय साथी सविता खनालले आफ्नो घर अगाडि रहेको वृद्धाश्रममा धेरै आमा बुवाहरूको धेरैजनाले सेवा गरेको सुनेको र आफूले पनि आफ्नो साथीलाई असहाय र दुःखी जीवन पछि आश्रय लिएका यस्ता आश्रममा जन्मदिन मनाउन अनुरोध गरेको र साथीले एकैवचनमा गरेको समर्पणले आफू समेत उत्साहित भएको बताउनुभयो।
सविता खनाल र उमा थापाले आफ्नै हातले बनाएर मिस्टाङ्ग भोजन खुवाउँदा अर्कै आनन्द भएको ले अबका आफ्ना आमा बुवाका र छोराछोरीको जन्मदिनमा पनि यसरी नै जेष्ठ आमा र बुवाहरुसँग सँगै बसेर जन्मदिनको शुभकामना आदानप्रदान गर्ने लक्ष्य बनाएको बताउनुभयो
विगत १० वर्षदेखि बिर्तामोडका स्थानीय अगुवाहरूको सहजीकरणमा यो वृद्धा आश्रम सुरु गरिएको हो।
हाल चन्दा जाता हरू र यस्तै मनकारीहरूको सहयोगहरूबाट आफूहरूको वृद्धाश्रम चल्दै आएको अध्यक्ष विक्रम मादेनले पूर्व खबरलाई बताउनुभयो।
सविता र उमा जस्तै मनकारी हरूले आफ्ना पर्वहरूमा उत्सवहरूमा यस्ता आश्रममा सहयोग गर्न सके सबै गरिब तथा असहाय विपन्न मानिसहरूको थोरै भएपनि दुखेको मनमा मलमपट्टी हुने थियो।