नेकपा (एमाले) को सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ।

काठमाडौंमा बिहीबार बसेको बैठकले स्थायी कमिटी सदस्य बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरिएको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको हो ।

त्यस्तै बैठकले मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनित गरेको छ ।

त्यस्तै एमालेले केन्द्रीय सदस्यमा १७ जनालाई मनोनीत गरेको छ । बैठकले मुख्य सचेतक महेश बर्तौलासहित विभिन्न जिल्लाका १७ जनालाई मनोनीत गरेको छ ।

जसमा सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुश्वाहा, सप्तरीका जितेन्द्र देव र सिरहाका रामप्रित, चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना, मकवानपुरका महेश बर्तौला, महिलाबाट सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबेगुलगायत रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *