विर्तामोडमा कृषक समुहको अनुगमन तिव्र

0
SHARES
13
VIEWS

बिर्तामोड नगरपालिकाले मेयर पकेट कार्यक्रमलाई यस वर्ष पनि अघि बढाएको छ । आज नगरप्रमुख पवित्रा महतारा प्रसाईले मेयरपकेट कार्यक्रम अन्तर्गत बाख्रा पालन तथा बंगुर पालनका लागि आवेदन दिने महिला कृषक समुहहरुको अनुगमन गर्नु भयो ।

नगर प्रमुख प्रसाईले मेयरपकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामिण महिला बाख्रा साँटासाँट कार्यक्रम र ग्रामिण महिला बंगुर साँटासाँट कार्यक्रम अन्तर्गत समुह छनोटको लागि फिल्ड अनुगमन गर्नु भएको हो । वडा नम्बर ७को नवज्योति महिला कृषि समुह, वडा नम्बर ८मा रहेको नव जागरण बाख्रापालन कृषक समुह र वडा नम्बर ९मा रहेको संझना महिला कृषक समुहको अनुगमन भएको हो ।

अनुगमनबाट छनोटमा परेका कृषक समुहहरुलाई नगरपालिकाले बाख्रा तथा बंगुरका पाठा वितरण गर्ने पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । उहाँले मापण्ड अनुसार समुहमा १५ जना सदस्य अनिवार्य रहनु पर्ने र छनोटमा परेका बाख्रा पालन समुहको लागि ४५ वटा र बंगुर पालन समुहका लागि ३० वटा पाठा वितरण गर्ने बताउनु भयो । यस कार्यक्रम अन्र्तगत बाख्रा पालन समुहलाई एउटा विउ बोका समेत वितरण हुने जनाइएको छ ।

नगरपालिकाले बाख्रा तथा बंगुर पालन गर्ने समुहका कृषकहरुलाई खोर निर्माणका लागि ३५ हजार रुपैयाँ पनि प्रदान गर्ने गरेको छ । हुनसक्ने क्षतिलाई कम गर्न बाख्रा तथा बंगुरको बिमा समेत गरेर समुहलाई प्रदान गर्ने गरेको जनाइएको छ । बाख्रा तथा बंगुर प्राप्त गर्ने समुहहरुले पहिलो वर्षको अन्तिममा त्यतिनै संख्यामा अर्को समुहलाई पाठा हस्तान्तरण गर्नु पर्ने नियम रहेको छ ।

नगरप्रमुख प्रसाईले ग्रामिण भेगमा रहेका गरिब,दलित,आदिबासी,जनजाती तथा पिछडिएका महिलाहरुको जिवनस्तर उकास्नको लागि आर्थिक वर्ष २०७४÷०७५ सालदेखि बिर्तामोडमा मेयर पकेट कार्यक्रम निरन्तर लागु गरिँदै आएको बताउनु भयो । उहाँले छनोटमा परेका समुहहरुको लागि तालिमको समेत व्यवस्थापन गरीएको जानकारी दिनु भयो ।

नगरपालिकाले पशुपंछि तथा मत्स्य विकास शाखा मार्फत बाख्रा पालन,बंगुर पालन लगायत गाईगोठ सुधार,बाख्राको खोर सुधार, पोषिलो घाँस उत्पादन र मत्स्य पालन कृषकसमुहको लागि समेत विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

नगरले पशुपंछि तथा मत्स्य विकास शाखामा आवेदन दिने समुहहरु मध्ये आधारभुत मापदण्डका आधारका बाख्रा तथा बंगुरका पाठा वितरण गर्ने गरेको छ । अनुगमन टोलीमा नगरप्रमख प्रसाई, वडा नम्बर ७का वडाध्यक्ष कृष्णप्रसाद खरेल अविरल,पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, निमेश थापा लगायत रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार