मलेसियामा दुई महिना देखि १५ नेपाली अलपत्र

कम्पनीको सम्पर्कमा पुगेका थिए । प्रतिव्यक्ति तीनदेखि चार लाख दरले पैसा बुझाएर आफूहरू मलेसिया पुगेको पीडितले बताएका छन् ।

जेपी ओभरसिजका प्रबन्ध–निर्देशक प्रचण्डबहादुर बमले भने आफ्नो कम्पनीले ती कामदारको श्रम गराउनेबाहेक थप केही नगरेको बताए । ‘ती कामदारको श्रम हामीले गराएको हो, तर अरू मलाई केही थाहा छैन,’ उनले भने, ‘जे लेख्नु छ लेख्नुस् ।’

फलामको कन्टेनर कोठामा १३ जना एकै ठाउँमा बसेका छौँ
मोहनकुमार साह, लहान नगरपालिका– २३, सिराहा
जेपी ओभरसिजले मलेसियाको जोलानो डिजाइन एसडिन बिएचडीमार्फत फर्निचरको काममा लगाइदिने भनेर पठाएको हो । यहाँ आएपछि फर्निचरको काम दिइएन । बरु बिजुलीको पोल गाड्ने र नाला बनाउने काममा खटायो । त्यो पनि दुई महिनामा ६ दिन मात्रै काम पाएका छौँ । सप्तरीका दुईजना साथी त्यहाँबाट भागेका छन् । हामी अहिले १३ जना फलामले बनाएको कन्टेनर कोठामा एकै ठाउँमा बसेका छौँ । बस्न र सुत्न निकै समस्या छnayapatrikabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array