बैंकले कब्जा गरेको घर; दुर्गा प्रसाईको टिमले लियो नियन्त्रणमा

एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कब्जा गरेको भन्दै व्यानर टांगेको छ ।

अ.१७ः१५ बजे को समयमा बिर्तामोड ५ स्थित शाक्य मेडिकलको सय मिटर उत्तरमा रहेको गिरीधारी पोद्धारको घर एनआइसी एसिया बैंकले लिलामी गरेको थियो ।
३३ धुर जग्गामा बनेको अढाई तले घर बैंकमा राखेर पोद्धारले ८ करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए ।
सो ऋण नतिरेपछि भर्खरै बैंकले लिलामी गरेको हो।

अभियानका ऋण एसोसिएसन केन्द्रीय सचिवालयका संयोजक देवीप्रसाद संग्रौलाको अगुवाईमा २०/२२ जानाभेला भई गएको समूहले नारा जुलुससहित अभियानको व्यानर टांगेको छ । केही दिनभित्र बिर्तामोडका करिव १५ वटा घर लिलामी हुन लागेको र ती घरहरु आफूले कव्जा गर्ने संग्रौलाले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array