झापा कोअपरेटिभ म्यानेजर्स क्लबको तदर्थ समितिको अध्यक्षमा खोम वगाले

0
SHARES
7
VIEWS

सहकारी संस्थाहरुका व्यवस्थापकहरुलाई संगठित गर्दै सहकारी अभियानलाई अग्रता प्रदान गर्ने उद्देश्यले झापामा आज कोअपरेटिभ म्यानेजर्स क्लबको तदर्थ समिति गठन भएको छ ।

आज दमकमा झापा जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले संयुक्तरुपमा आयोजना गरेको सहकारीका व्यवस्थापकहरुको तालिम पछि म्यानेजर्स क्लवको आवश्यकता महसुस गरी तदर्थ समिति गठन गरिएको हो ।

क्लवको संयोजकमा मेची बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले रहेका छन् भने सचिवमा सतासी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् ।

निर्वाचन क्षेत्रगतरुपमा चयन गरिएको ११ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा अनिता गुरागाईं, मानस सिटौला, तुलसा कुवँर, लीलानाथ रेग्मी, विष्णुप्रसाद चुडाल, कृष्ण ढुंगाना, तिलकबहादुर कार्की, निलकण्ठ निरौला र हेमकुमारी दंगाल रहेका नवगठित क्लवका सचिव श्रेष्ठले जानकारी दिएsajhamanch

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार