सरस्वती ओली हल्दीबारी झापा
सामुदायिक वन दिवसको अवसरमा आयोजित पालिका स्तरीय वक्तित्वकला प्रतियोगितामा मेचीनगर महासङ्घ प्रथम भएको छ।
धुलाबारी माध्यमिक विद्यालयका छात्रा दिव्य राय सामुदायिक उपभोक्ता महासङ्घ झापाले आयोजना गरेको नगरस्तरीय वक्तित्व कला प्रतियोगितामा प्रथम भएकी हुन्
त्यस्तै प्रतियोगितामा बुद्ध शान्ति गाउँपालिका महासङ्घ दोस्रो तथा कन्काई नगरपालिका महासङ्घ तेस्रो र सान्तोना पुरस्कारबाट पुरस्कृत भएको हो।
सामुदायिक वन दिवसको अवसरमा झापाको हल्दीबारी स्थित भेलागढी सिमसारमा आयोजना गरिएको वर्तमान समयमा सामुदायिक वनको महत्व विषयक प्रतियोगितामा बुद्ध शान्तिका गडीगाउँ माविका छात्रा प्रोनिसा खतिवडा दोस्रो कन्काई मावि को मेरीगोड स्कुलका छात्रा अङ्किता खनाल तेस्रो तथा कन्काई नगरकै प्रिन्सा तिम्सिना ले सान्तोना पुरस्कार हात पारेको निर्णायक समितिका राजकुमार ओलीले बताउनुभयो।
झापाको बिर्तामोड ८ भद्रपुर ११ र हल्दीबारी को मध्य भागमा रहेको भेलागढी सिमसार परिसरमा आयोजित कार्यक्रमलाई हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको थियो।।
भेलागढी सिमसार परिसरभित्र रूद्राक्ष अशोक दालचिनी लगायतका बिरुवा वृक्षारोपण गर्दै अध्यक्ष लिङ्देन सहित सामुदायिक वन उपभोक्ता महासङ्घ कोशी प्रदेशका कोषाध्यक्ष गीता अधिकारी कोशी प्रदेश सदस्य ख्यामराज सिटौला झापाका सहायक वन डिभिजन अधिकृत देवेन्द्र उप्रेती हल्दीबारी का वडा अध्यक्षहरु सहित वन अभियानकर्मी हरू ले झापालाई जडीबुटीसँग जोड्दै कृषि क्रान्तिको अभियानमा वनलाई प्रयोग गर्ने लक्ष्य अघि सार्न सुझाव सहित मन्तव्य राखेको कार्यक्रममा विभिन्न माविहरूका प्र अ तथा शिक्षक हरु तथा वन अभियानकर्मीहरूको सहभागिता थियो।

सामुदायिक वन दिवसको अवसर पारेर आयोजना गरिएको पालिका स्तरीय वक्तित्व कला प्रतियोगितामा पुरस्कृतहरूलाई फेको फोन झापाका अध्यक्ष वेदप्रकाश भण्डारी पारिवारिक निजीवन सङ्घ नेपालका न्यायिक तथा अनुशासन आयोगका केन्द्रीय सदस्य राजकुमार ओली प्राध्यापक प्रेमसागर घिमिरे डिभिजन वन कार्यालय झापाका अधिकृत डिल्लीराम खरेल लगायतले प्रमाणपत्र नगद पुरस्कार र खादाबाट सम्मानित गर्नुभएको थियो।
फेको फोन झापाका सचिव देवी अधिकारीको सञ्चालन मा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष वेद प्रकाश भण्डारीको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो।।
कार्यक्रममा झापाका सबै माविहरूबाट विद्यार्थी हरू छनोट हुँदै पालिका बाट समेत छनोट भएर आएका १६ जना विद्यार्थीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।।
प्रतियोगितामा प्रथम हुने धुलाबारी मावि कि दिव्या राय का आमा र बुबालाई समेत उत्कृष्ट आमाबुबाको रुपमा आयोजकले सम्मान गरेको थियो।
प्रतियोगीहरूले वन विकासमा देखिएको चुनौती सम्भावना र आउने दिनमा गरिने सबलीकरणका कामहरूको बारेमा निबन्धमा व्याख्या र चर्चा गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *