धुलाबारी क्याम्पसकाे अध्यक्षमा भिम खवास पुन: अध्यक्षमा सर्वसम्मत

0
SHARES
4
VIEWS

धुलाबारी क्याम्पसकाे अध्यक्षमा भिम खवास पुन: अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

आज धुलाबारी क्याम्पसकाे बार्षिक साधारण सभाले खवासलाई पुन: अध्यक्षमा चयन गरेकाे हाे । उनी यसअघि पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

समितिकाे उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण काैशल, सुष्मा कार्की डाेली, नमिता बुढाथोकी, शुशिला रिजाल, मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयाेजक एक जना, पूर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पाैडेल सर्वसम्मत चयन भएका छन् ।

३ वर्षे कार्यकाल रहने कार्यसमितिकाे नाम निर्वाचन समिति संयाेजक अधिवक्ता अजय घिमिरेले सार्वजनिक गरेका थिए । निर्वाचन समिति सदस्यमा टीका पाैडेल थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकी, क्याम्पसका संस्थापक उपाध्यक्ष राम कट्टेल, मेचनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन), तत्कालीन क्याम्पस भवन निर्माण समितिका सचिव पुनित बंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मेयर बुढाथोकीले शिक्षामा केही सुधार मात्र भएको छ, मुलुकमा संघियता लागू भएपछि स्थानीय तहलाई हतार हतारमा बनाएर पठाएकाे एउटा कानूनले नगरमा केही गर्न नसकिएकाे दावी गरेका छन् ।

क्याम्पसकाे २३ औँ साधारणसभा भएपनि प्राविधिक शिक्षा पढाउन थालेपछि अहिलेकाे कानून अनुसार पहिलाे साधारण सभा मानेर सुरू गरिएको बताइएकाे छ ।

धुलाबारी क्याम्पसमा २०४८ पुस २ गतेदेखि पठनपाठन सुरू भएको हाे । क्याम्पसमा व्याचलर तहसम्मकाे सिभिल इन्जिनियरिङ कक्षासञ्चालन भइरहेकाे छ ।

धुलाबारी क्याम्पसमा प्राविधिक शिक्षा ल्याउन संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, झापा क्षेत्र नम्बर १ का संघीय सांसद विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकि नेतृ धर्मशिला चापागाईं लगायतका व्यक्तिहरूकाे याेगदान रहेकाे बताइएकाे छ ।

आगामी असाेज महिनामा प्राविधिक क्याम्पसकाे औँपचारिक रूपमा उद्घाटन गरिने भएको छ । क्याम्पस परिसरमा जग्गादाता र चन्दादाताहरूकाे नामावली भएकाे शिलालेख समेटिएको स्तम्भ राखिने बताइएकाे छ ।

धुलाबारी क्याम्पसका अध्यक्ष भिम खवासले अध्यक्षकाे बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । खवासकै अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमकाे सञ्चालन क्याम्पस प्रमुख पुष्पराज पाैडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार