मेचीनगर झापा
नेपालमै सफल मानिएको प्राइम कमर्सियल बैंकले झापाको मेचीनगरमा नयाँ भवनबाट सेवा सुरु गरेको छ।
आज आइतबार मेचीनगरको काकरभिट्टा बजारमा प्राइम कमर्सियल बैंकले आफ्नो शाखा लाई अझ व्यवस्थापन गर्ने गरी नयाँ भवनबाट सेवा सुरु गरेको हो।
प्राइम कमर्सियल बैंक लिमिटेड ले शाखा कार्यलय काकरभिट्टाको ग्राहक सेवालाई थप सेवा सुबिधा बिस्तार गर्दै आइतबार कोशी प्रदेश क्लस्टर बि का प्रमुख ईन्द्र प्रसाद गुरागाइ बाट उद्द्घाटन गरिएको हो।
ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखी बैंकको उच्चस्तरीय सेवा सुचारु गरिएको र सम्पुर्ण मानुभावहरुमा अझ सुविधा सम्पन्न काममा ध्यान दिन प्राइम बैंकले आफ्नो योजना अघि सारेको छ।
मेचीनगर को काकरभिट्टा स्थित एनएमसी सहकारीको केन्द्रीय कार्यालय सँगै प्राइम बैंकले आफ्नो नयाँ भवनबाट सेवा सुरु गरेको बीएम विश्व खड्काले पूर्व खबरलाई बताउनुभयो।।
पछिल्लो समय प्राइम कमर्सियल बैंक स्थानीय हरूको रोजाइमा पर्दै आएको छ। ग्राहकको सुविधालाई ध्यान दिँदै सुविधा सम्पन्न भवनमा कार्यालय सारिएको बैंक म्यानेजर डाइरेक्टर खड्काले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *