बिहीबार भक्तपुरको गठ्ठाघर मा ट्रकको ठक्करबाट मृत्यु भएकी भनिएकी सुष्मा नेपाली जिउँदै भएको खुलेको छ।
आज गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी सुष्मा नेपाली जीवितै भएको बुझिएको हो। भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी भनिएकी सुष्मा नेपाली सम्पर्कमा आएपछि उनी जीवितै भएको प्रहरीले पुष्टि गरेको छ।
ट्राफिक चेकजाँचका क्रममा स्कुटर रोकेको बेला पछाडिबाट मालबहाक ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको थियो । प्रहरीले मृत्यु हुनेमा स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर-४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको भन्दै सनाखत गरेको थियो । तर प्रहरीले गरेको सनाखत खलत पाइएको हो ।
सुष्मा नेपाली नामक युवती प्रहरी सम्पर्कमा आएर मृत्यु हुने सुष्मा नेपाली नभइ आफ्नी बहिनी भएको बताउनुभएको भक्तपुरका डिएसपी राजन कार्कीले बताउनुभयो ।
‘शवको सनाखत भएको छैन। अघि घटना भएपछि एक जनाले मेरो बहिनी सुष्मा नेपाली हो भन्दै आएका थिए। कपडा र चप्पलले गर्दा कन्फ्युज भएको होला, हामीले उनलाई सोधपुछ गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘दुर्घटनामा परेकी भनिएकी सुष्मा नेपाली नै हाम्रो सम्पर्कमा आएर आफ्नो परिचय खुलाएकी हुन्।’