भ्रष्टाचार गरेको भन्दै सहरी सघन र स्नेहा निर्माण सेवालाई अख्तियारमा मुद्दा हाल्दै गाउँलेहरू

0
SHARES
12
VIEWS

निर्माण व्यवसायी (ठेकेदार)को ढिलासुस्तीले भद्रपुर नगरपालिका–९ स्थित शिव पञ्चायन मन्दिरदेखि उत्तर देवकोटा चोकसम्मको ड्रेन (नाली) निर्माण अलपत्र परेको छ ।

शिव पञ्चायन मन्दिरदेखि देवकोटा चोक सम्मको दुवै पट्टिको ३७० मिटर ड्रेन निर्माण २०८० साल माघदेखि चैत महिनामा सम्पन्न गरिसक्नु पर्ने हो । तर, ठेकेदारको ढिलासुस्तीका कारण अहिलेसम्म उक्त ड्रेन बन्न सकेको छैन ।

महेन्द्रनगर टोल विकास संस्थाका अध्यक्ष इश्वरप्रसाद पोखरेलले गत माघमा सुरु भएर चैत महिनामा सम्पन्न गर्नु पर्ने ड्रेन निर्माण अहिलेसम्म सम्पन्न नगरेर अलपत्र पारेर ठेकेदार भागेको जानकारी दिए ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको सहरी विकास तथा भवन कार्यालय इलामले ड्रेन निर्माणका लागि झापा भद्रपुर–८ स्थित स्नेहा निर्माण सेवालाई २०८० मंसिर ८ गते सम्झौता गरेको थियो ।

स्नेहा निर्माण सेवाका सञ्चालक असोक पुडासैनीले ५० लाखको बजेटमा उक्त ठेक्का सम्झौता ३२ लाख ९३ हजार ७७३ रुपैयाँ ७४ पैसामा गरेको अध्यक्ष पोखरेलले बताए ।

सम्झौता गरेको म्याद सकेर ४ महिना वितिसक्दा पनि ड्रेन निर्माणमा ठेकेदारले चासो नदेखाएपछि सबै गाउँलेको सल्लाह अनुसार अख्तियार र सम्बन्धीत कार्यालयमा उजुरी दिने तयारी गरिएको उनको भनाई छ ।

उनका अनुसार ड्रेन निर्माण सम्पन्न गर्न अझै ५ लाख बढीको काम बाँकी छ । मन्दिरछेउमा पानी निकास, हिरा पोखरेल छेउका बाटोमा पलम्व लाउन बाँकी छ, यज्ञ भट्टराईको छेउमा एक साइडको पलम्व लाउन बाँकी छ, मन्दिरदेखि देवकोटा चोक सम्मको बाटो पुरेर सम्याउन बाँकी रहेको छ ।

सहरी विकास तथा भवन कार्यालय इलामले ड्रेन निर्माण कार्य सम्पन्न नगरी ठेकेदारलाई भुक्तानी र सबैलाई निर्माण सम्पन्न भएको कागजमा हस्ताक्षर गर्न लगाएको अध्यक्ष पाखरेलको आरोप छ ।

उनले सहरी विकास तथा भवन कार्यालय इलामका तर्फबाट इन्जिनियर सुरजप्रसाद वस्ती र सव इन्जिनियर प्रज्वल विक्रम शाहले ड्रेन निर्माण सम्पन्न नभइ कागजमा हस्ताक्षर गर्न लगाएको बताए । यस विषयमा बुझ्न इन्जिनियर वस्ती र सव इन्जिनियर शाहसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

ठेकेदार असोक पुडासैनीले ड्रेन निर्माणको काम सबै सकिसकेको दावी गरे । उनका अनुसार पुरुवा हाल्न मात्र बाँकी छ । साउनमा जेसीवी चलाउने अपरेटरहरु विदामा हुन्छन् । त्यसैले ढिला भएको हो । बाँकी रहेको काम सोमबारदेखि सुरु गर्ने उनको भनाई छ ।mechinagarbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार