भद्रपुर नाकाबाट चिया निर्यात गर्दै व्यवसायी

गलगलिया भन्सारले प्राप्त गर्यो भन्सार कोड, भद्रपुर भन्सारबाट निर्यात गर्न सहज
image आँखा संम्वाददाता
५ २९ साउन, झापा । भद्रपुरसगलगलिया भन्सारले स्तरबृद्धिको पहिलो चरण अन्तर्गत भन्सार कोड प्राप्त गरेको छ । गलगलिया भन्सारले कोड प्राप्त गरेसँगै अब नेपालबाट काँकरभिट्टा पारि भारतको पानीट्याँकीबाट चिया निर्यात भएजस्तै गलगलिया भन्सार प्रयोग गरी चिया निर्यात गर्न सकिने भएको छ ।
यसैगरी अन्य केही महत्वपूर्ण सामान पनि गलगलिया हुँदै भद्रपुरमा आउन सक्ने र भद्रपुर हुँदै भारत पनि पठाउन सकिने जनाइएको छ । केही महिना अघि भारत सरकारले विहारका नेपालसँग सीमाना जोडिएका १० वटा भन्सारको स्तरबृद्धि गर्ने कुरा सार्वजनिक गर्दा त्यसमा गलगलिया भन्सार पनि स्तरबृद्धि हुने भन्सारमा परेको थियो । त्यही योजना अनुसार गलगलियाले भन्सार कोड पाएको नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदिपमणि रेग्मीले जनाउनुभयो ।
अब गलगलिया भन्सारले औपचारिकरुपमा भन्सार एजेन्ट राख्न दिनु पर्ने हुन्छ भने भद्रपुर भन्सारमा भने भन्सार एजेन्टको व्यवस्था रहेको छ । हुनत भन्सार एजेन्ट नभएपनि अनौपचारिक भन्सार एजेन्टको प्रयोग गरी सामान पठाउन नपाइने भने होइन ।

ad
गलगलिया भन्सारको स्तर बृद्धिको सुरुवात भएसँग अब त्यहाँ प्लान्ट र एनिमल क्वारेन्टाइनको व्यवस्था पनि गर्नु पर्ने र नेपालतिर पनि दुबै क्वारेन्टाइन राख्दै जानु पर्ने आवश्यकता रहेको झापा उध्योग संघका अध्यक्ष यमवहादुर श्रेष्ठको भनाइ छ । यसबाट भद्रपुरमा बजारको चहल पहल बढ्ने र याहाका व्यापारीहरुलाइ पलायन हुन वाट रोक्न सकिने उध्योगी चण्डी पराजुलीले वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array