विश्वकै बढी उमेरकी महिलाको मंगलबार निधन भएको छ ।
अमेरिकामा जन्मिनुभएको मारिया ब्रानयास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको हो । सीएनएनकाअनुसार गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर)ले विज्ञप्ति जारी गर्दै मोरेराको ११७ वर्ष १६८ दिनको उमेरमा निधन भएको हो ।
जीडब्लूआरकाअनुसार उहाँ विश्वमा सबैभन्दा लामो समय बाँच्नै आठौं व्यक्ति हुनुहुन्छ । २०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी ११८ वर्षीया सिस्टर आन्द्रेको निधनपछि मोरेरा विश्वकै सबैभन्दा बढी उमेरकी घोषित हुनुभएको थियो ।
मोरेराको जन्म उहाँको परिवार स्पेनबाट अमेरिका बसाईं सरेको एक वर्षपछि १९०७ मार्च ४ मा भएको थियो । त्यसको ८ वर्षपछि उहाँको परिवार स्पेनको बार्सिलोना फर्केको थियो । पछिल्लो समय भने उहाँ स्पेनको क्याटालोनियामा बस्दै आउनुभएको थियो । उहाँ कोभिड १९ को संक्रमणबाट निको हुने सबैभन्दा बढी उमेरकी मानिससमेत हुनुहुन्थ्यो ।dainiknepal
Discussion about this post