देवी पन्चकन्या नौमती बाजा समुह ले भव्य रुपमा तीज मिलन समारोह आयोजना गरेको छ।
देवी पञ्चकन्या नौमती बाजा समूहले आफ्नो बार्षिक साधारण सभा अवसर पारेर तीज मिलन समारोह आयोजना गरेको हो। संस्थाको दोस्रो साधारण सभा को अवसर पारी बिर्तामोडका चेलीबेटीहरूलाई दर खुवाउँदै तीज कार्यक्रम आयोजना गरेको संस्थाकी अध्यक्ष दिलकुमारी थपलियाले पूर्व खबरलाई बताइन।

संस्थाकी अध्यक्ष दिल कुमारी थपलीयाको अध्यक्षता र साहित्यकार भगवती ढुंगेलको प्रमुख अातिथ्यतामा आयोजना भएको वार्षिक उत्सव तथा तीज मिलन कार्यक्रममा विभिन्न सम्मान गरिएको थियो। बिर्तामोडका नागरिक समाजबाट एक जना जेष्ठ नागरिक वृद्ध आमा विष्णु माया घिमिरे र दुई जना बन्दना भार्द्वाज र इन्दिरा गौतम एकल महिलालाई संस्थाले सम्मान हो।

संस्थाले समाजमा सकृय रुपमा क्रियाशिल नारीहरुले चाहे जस्तो कार्य पनि गर्न सक्छन र आर्थिक सामाजिक कार्यमा सहयोग पुर्याउछन् भन्ने उदाहरण प्रस्तुत गर्दै सामाजिक,धार्मिक,सांस्कृतिक तथा असाहायहरुका लागी योगदान पुर्याउदै आएको अतिथिहरूले शुभकामना मन्तव्यमा आफ्नो कुरा व्याख्या गर्नुभएको थियो।

संस्थाको बार्षिक प्रतिवेदन कोषाध्यक्ष अम्बिका थापा लुईटेलले गरेकी थिइन् भन संस्थाकी अध्यक्ष दिल कुमारी थपलिया,उपाध्यक्ष मुना उप्रेती,महासचिव श्री विपना अधिकारी लगायतले संस्थाको हितमा लाग्ने प्रतिबद्धता जनाउँदैआ-आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रम संस्थाकीमहासचिव विपना अधिकारीले संचालन गरेकी थिईन।

संस्थाले बिर्तामोड १ स्थित शिवको मूर्ति स्थापित भएको स्थान कैलासेश्वर महादेव परिसरमा भव्य रुपमा भदौ महिनाभर बनाउने पूजाआजा गर्ने र भव्य रुपमा सबैको साथ लिएर तीज मिलान कार्यक्रम आयोजना गर्ने तयारी गरेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *