बिएनसीका सञ्चालक महेन्द्र प्रसाईको मृत्यु रहस्यमय

बिर्तामोड स्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् ।

अर्जुनधारा नगरपालिका-६, महानन्द चौक निवासी प्रसाई बिर्तामोड-१ का नरेन्द्र मैनालीकाे घरमा विहान झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले प्रसाईं मैनालीकाे घरकाे सिलिङ फेनकाे हुकमा झुन्डिएको अवस्थामा फेला परेकाे जानकारी दिए ।

मैनाली भने केही समयदेखि काठमाडौँ बस्दै आएका छन् ।

प्रसाईं मैनालीको घरको दोस्रो तलाकाे अफसि काेठामा झुण्डिएका छन् ।

डीएसपी चन्दका अनुसार अनुसन्धान भइरहेकाे छ । पाेष्टमाटर्म रिपोर्ट आएपछि थाहा हुने छ ।

बीएण्डसी अस्पतालका संस्थापक शेयर सदस्य रहेका थिए ।

मृतक प्रसाईले यसअघि भ्रष्टाचार विरोधी अभियान पनि सञ्चालन गरेका थिए ।

मैनालीले प्रसाईको करोडौँ ऋण नतिरेको भनाइ छ ।
प्रसाई घर जग्गाको व्यवसाय गर्दै आएका थिए ।

श्राेतका अनुसार मैनालीले प्रसाईसहित बिर्तामोड र आसपासका व्यवसायीको दुई अर्ब भन्दा बढी रकम लिएर काठमाडौं बस्दै आएको बताइएकाे छ ।

मैनालीकाे घरमा गएर प्रसाईले आत्महत्या गर्नुकाे कारण रहस्यमय रहेकाे स्थानीयकाे भनाई छ ।
मैनालीले हाइड्राे पावरमा लगानी गर्ने भनेर प्रसाईं लगायत धेरै जनासँग पैसा लिएकाे श्राेतकाे भनाई छ । मैनालीले त्यसबाहेक अढाई कराेड प्रसाईसँग लिएकाे श्राेतकाे भनाई छ onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array