आत्महत्या रोक्न टोल-टोलमै समिति

0
SHARES
2
VIEWS

हरेक वर्ष आत्महत्याको दर बढेपछि जनचेतना अभिवृद्धिका लागि ताप्लेजुङमा टोलसम्मै समिति गठन गरिने भएको छ । नेपाल प्रहरी, स्वास्थ्य संस्था, शिक्षा लगायतका सरोकारवालाको सहकार्यमा समिति गठन गर्ने र चेतनामूलक कार्यक्रम गर्ने तयारी भएको हो ।

आत्महत्या रोक्न टोल-टोलमै समिति

यसको नेतृत्व सदरमुकाममा जिल्ला प्रहरी कार्यालय र पालिका तथा वडामा प्रहरी चौकीले गर्ने छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार ताप्लेजुङमा पछिल्लो आर्थिक वर्ष २०८०/८१ म ४७ जनाले आत्महत्या गरेका थिए ।

जसमा ४१ जनाले झुन्डिएर, ५ जनाले बिस सेवन गरेर र एकजनाले औजारको प्रयोग गरेर आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । ०७९/८० मा ३८ र ०७८/७९ मा ३५ जनाले आत्महत्या गरे ।

नौ स्थानीय तह रहेको जिल्लाको फुङलिङ नगरपालिकामा सबैभन्दा वढी १२ जनाले आत्महत्या गरेका छन् । मेरिङदेन र आठराईत्रिवेणीमा ७/७ सिरिजङ्गामा ६/६, मैवाखोला र पाथीभरा याङवरकमा ४/४ सिदिङवा ३ फक्ताङलुङ र मिक्वाखोला गाउँपालिकामा २/२ जनाले आत्महत्या गरेको उल्लेख छ ।

सामाजिक सङ्ग संस्था समेत समेटिएको समितिले वडामा यस्ता ब्यक्तिहरूको पहिचान गर्ने र काउन्सिलिङ लगायतका विधि प्रयोग गरी आत्महत्या गर्नबाट बचाउने प्रयास गरिने रावलले जानकारी दिए ekantipurbata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार