दमक,भदौ ७
वार्षिक साधारण सभामा भएको विवादको विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समिति बीच विवाद भएको छ ।
खानेपानी संस्थाको १३ औं वार्षिक साधारणसभामा अध्यक्ष उषा भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा ‘५ नम्बर वडाका निवर्तमान वडाध्यक्षबाट वडाबासीलाई सहुलियत धारा तथा अन्य कुनै किसिमको सहयोग नभएको’ भन्ने वाक्यांशलाई लिएर सो समिति बीच नै विवाद भएको हो ।
झापाको कमल गाउँपालिका ५मा अवस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी कार्यालय परिसरमा हिजो आयोजना गरेको साधारण सभा शुरु हुन साथ निवर्तमान वडाध्यक्षबाट वडाबासीलाई सहुलियत धारा तथा अन्य कुनै किसिमको सहयोग नभएको’ भन्ने वाक्यांशलाई लिएर विवाद भएपछि साधारण सभा स्थगित भएको संस्थाको अध्यक्ष भण्डारीले बताउनु भयो । संस्थाका अध्यक्ष उषाले पत्रकारहरुलाई घटनाकोबारेमा जानकारी गराउदै गर्दा असन्तुष्ठ पक्षका ४ जना सदस्य मध्ये संस्थाकै सहसचिव चन्द्रकला भण्डारीले व्यक्तिगत इगोका कारण आक्षेप लाग्ने त्यसखाले कुरा उल्लेख गर्न नहुने धारणा राख्दा राख्दै त्यसलाई जबरजस्ती राखिएकाले विवाद बढेको बताउनु भयो । असन्तुष्ट पक्षकी चन्द्रकलाले पत्रकार सम्मेलनमा निवर्तमान वडाध्यक्षप्रति व्यक्त भएको वाक्य हटाएर समितिलाई विवादरहित बनाउनु पर्ने माग राख्नु भयो ।
साधारणसभामा केही समुहमा आएका ब्यक्तिले माइक खोस्ने काम समेत भएको भन्दै समितिका अध्यक्ष भण्डारीले घटनाप्रति दुःख व्यक्त गर्दै असभ्य ब्यवहारको बताउनु भयो । विवाद चुलिएर समितिमै अन्तरविरोध मात्र भएन,जनप्रतिनिधिहरुले नै यसखाले मानहानी हुने शब्द नराख्न सुझाव दिएपछि समितिले सर्वदलीय (राजनीतिक दल)हरुको भेला बोलाएर समस्याको निकास निकाल्ने बैठकको निणर्य भइसकेको लखनपुर खानेपानी संस्थाका सचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनु भयो । खानेपानी समिति अध्यक्ष उषा भण्डारी, उपाध्यक्ष राजेन्द्र संग्रौला लगायतले संयमित हिसावले प्रतिवेदन सच्याउने सुझाव राख्नुको साटो गालीगलौच गरिएकोप्रति खेद व्यक्त गर्दै राजनीतिक दलको भेलाले जे निष्कर्ष निकाल्छ सोही अनुरुप समितिले निणर्य गरेर जाने पत्रकारहरुलाई अध्यक्ष उषा भण्डारीले जानकारी दिनु भयो ।
उक्त घटनापछि समिति भित्र दुई पक्ष भई समितिमै समेत वादविवाद बढेको छ । सो खानेपानी समितिका सदस्य समेत रहनुभएका चन्द्रप्रसाद भट्टराईले पनि कुनै अवस्थामा माग अनुसारको काम नभएको भन्ने हिसावले जनप्रतिनिधिप्रतिको यसखाले वाक्यले मानहानी जनाउने उल्लेख गर्दै त्यसलाई हटाउनु पर्ने सुझाव व्यक्त गर्नुभयो ।
निणर्य गरिसकेपछि सदस्यहरुले पछि विवाद गर्नु ठिक नहुने बताउर्दै निर्णय अघि नै केही समस्या नआवोस भनेर ध्यान दिनु पर्ने र अनि मात्र निर्णयमा हस्ताक्षर गर्नु पर्ने लेखा समिति सदस्य भीमराज राईले भन्नु भयो ।kingsbata