अर्जुनधारामा बन्यो हरि घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी

अर्जुनधारा–२ स्थित रेडक्रस भवनमा भएको वडा कमिटिको तेस्रो वडा अधिवेशनले घिमिरेको नेतृत्वमा पार्टीको नयाँ कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा क्षत्रादेवी ढकाल आचार्य र सचीवमा दुर्गा तिम्सिना चयन हुनुभएको छ । त्यस्तै अधिवेशनबाट उपसचीवमा रोनक लिम्बू र कमला शिवा सर्वसम्मत चयन हुनुभएको छ ।

वडा कमिटिको सदस्यहरुमा योगमाया समाल आले, सुजन दर्लामी मगर, भेषबहादुर समाल, गीता विशंखे, मोती श्रेष्ठ, राजेन्द्र वाग्ले, गणेश साप्कोटा, सोम खतिवडा, कमला ढाले कुमाल, कुमारी खवास, पुष्पा खड्का, कल्पना थापा, बिष्णु बुढाथोकी, राजेश उप्रेती, रणबहादुर पाठक, भवानी शंकर घिमिरे, अम्बिका वास्कोटा, उषा गुरुङ, कल्पना राना मगर, शुकमाया राना मगर, अर्जुन गजमेर र मनरथ घिमिरे चयन हुनुभएको छ ।

तेस्रो अधिवेशनले पार्टीभित्र पूर्ण सहमतिकासाथ नयाँ कमिटि निर्माण गरेको हो । नवानिवार्चित कमिटिलाई निर्वाचन समितिका संयोजक तुलसी खतिवडाले शपथ खुवाउनु भएको थियो ।

त्यसअघि वडा कमिटिका कार्यवहाक अध्यक्ष प्रेम उपकोटीको अध्यक्षतामा भएको तेस्रो अधिवेशनको खुल्लासत्रमा विभिन्न समयमा पार्टीमा सहयोग पुर्याउनु भएका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । यज्ञ प्रसाद अधिकारी, मान बहादुर खेवाङ, बिष्णुमाया घिमिरे, कमल प्रसाद वाग्ले र नर बहादुर आचार्य तस्रो वडा अधिवेशनको अवसर पारेर पार्टीले सम्मान गरेको हो ।

नेकपा एमाले कोशी प्रदेश कमिटिका सदस्य तथा झापा निर्वाचन क्षेत्र २ का इन्चार्ज बद्रि भट्टराईको प्रमुख आतिथ्यमा अधिवेशन भएको थियो । प्रमुख अतिथि भट्टराईले नयाँ बनेको कमिटिलाई जनभावना अनुरुपको बनाएर वडास्तरमा लागि पर्न सुझाव दिनुभएको थियो । कमिटिमा बस्ने र निष्क्रिय रहने परिपाटीको अन्त्य गर्दै एमालेले राष्ट्र र समाज निर्माणमा दिन खोजेको सन्देशलाई आत्मसाथ गर्दै जनताको घरदैलोमा पुग्न र समस्याको पहिचान गरि समाधानमा ध्यानदिनुपर्ने भट्टराईको सुझाव थियो ।

अधिवेशनमा एमाले जिल्ला कमिटि सदस्य तथा अर्जुनधारा–२का इन्चार्ज दिवाकरलाल चौधरी, जिल्ला कमिटि सदस्य हरि वाग्ले, एमाले अर्जुनधारा नगर कमिटिका अध्यक्ष बिर्ख प्रधान, एमाले नेत्रृ तथा अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गमाया पराजुली, पूर्व जिल्ला कमिटि सदस्यहरु तुलसी खतिवडा, योग प्रसाद आचार्य, सावित्रा साप्कोटा लगायतले बोल्नु भएको थियो ।

अधिवेशनमा नेकपा एमालेमा आवद्ध नेता तथा कार्यक्रताहरुको बाक्लो उपस्थिति रहेको थियोonline

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array