लिङ्देनद्वारा एकै दिन तीनवटा पुलको शिलान्यास

0
SHARES
15
VIEWS

हल्दीवारी ।
झापा क्षेत्र नं। ३ वाट नव निर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज वुधवार एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको छ ।
राप्रपा अध्यक्ष समेत रहेका लिङ्देनले हल्दीवारी गाउँपालिकामा निर्माण हुन लागेको ३ वटा पक्की पुलको शिलान्यास गर्नुभएको हो ।
४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा ३ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको सारा सृष्टि निर्माण सेवा प्रा।लि। ले २०८१ मंशिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
जस अन्तरर्गत वडा नं। १ र ५ जोड्ने भुतेनी खोलामा ४२।७ मिटर लम्बाइको, त्यसैगरी वडा नं। ३ को भुसुडी खोलामा २६।८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६।८ मिटर लम्बाईको पुल निर्माण हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिका क्षेत्र भित्रका अन्तिम ३ वटा काठका पुल विस्तापित गर्दै पक्की पुल निर्माणका लागि ठेक्का लगाइसकेको बताउँदै समयसीमा भित्र निर्माण सम्पन्न हुने कुरामा ढुक्क हुन पालिका अध्यक्ष रविन्द्र लिङ्देनले आश्वासन दिनुभएको छ ।
कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं। ३ ९ख० का नव निर्वाचित संसद छवि चुडालको समेत उपस्थिती रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार