झापा, ९ भदौ । विराटनगरको लागि उडेको जहाज आकस्मिक रूपमा झापाको भद्रपुरमा ल्यान्ड भएको छ। काठमाडौँबाट विराटनगर का लागि उडेको बुद्धहरूको जहाज आकस्मिक रुपमा झापाको भद्रपुर मा ल्यान्ड गरिएपछि नेपाली आकाशको विश्वासमा समस्या पैदा हुँदै गएको देखिएको छ।
मुख्यमन्त्री हिक्मत कुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
काठमाडौबाट बिराटनगर आउँदै गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो । विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मिक अवतरण गरिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले जानकारी दिनुभयो ।
दिउँसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ नै उडेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्रीसहित अरु यात्रुहरु चन्द्रगढी बिमानस्थलमा विमानभित्रै बस्नु भएको थियो । बिमानमा चालक दलसहित ७० जना यात्रु रहेका थिए । विमान आधा घण्टापछि बिराटनगरमा अवतरण भएको थियो ।
Discussion about this post