राजकुमार ओली बिर्तामोड झापा

झापाका शिक्षण संस्थाहरूमा एक महिनाभित्रमा जङ्कफुट प्रतिबन्ध गर्न नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले चेतावनी दिएको छ।

नेपाल कम्युनिस्ट पार्टी झापाले आज सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै एक महिनाभित्रमा सम्पूर्ण स्कुलहरूमा जङ्कफुट बन्द गर्नुपर्ने चेतावनी दिएको हो।
पार्टीका झापा इन्चार्ज सुमन सिंहले पत्रकार सम्मेलन आयोजना गरी जङफुटले प्रत्येक घरघरमा बालबालिकाहरूको भविष्यमा समस्या बनाएको स्वास्थ्यमा प्रतिकुल अवस्था उत्पन्न भएको भन्दै झापाका सम्पूर्ण शैक्षिक संस्थाहरूमा जङ्कफुट बन्द गर्नपर्ने बन्द नगरिए कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ।

इन्चार्ज सुमन सि ले झापाका सबै पालिकाहरूका आवासीय तथा गैर आवासीय शैक्षिक संस्थाहरू लगायत सरकारी स्कुल समेतमा यो अभियान सुरु गरिएको बताउनुभयो।

पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी झापाका सचिव संजयसी अखिल समाजवादी झापाका इन्चार्ज बिनोद स् िसमाजवादी ट्रेड युनियन मजदुर संगठन झापाका इन्चार्ज कुमारसी युवा संगठन नेपाल झापाका इन्चार्ज मणिसी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी झापाका इन्चार्ज रोशनी सी किसान संगठन झापाका इन्चार्ज डेगना थ सी लगायत को सहभागितामा झापाका सम्पूर्ण स्कुलहरूमा जङ फुड बन्द गर्ने बताएका छन्।

झापाका इन्चार्ज सुमन सिंहले आफूहरूको अभियान अब पालिका पालिकाबाट सुरु भएर संस्थागत रुपमा स्कुल स्कुलमा सुरु भइसकेको र एक महिना भित्रमा यो अभियान मा असहयोग गर्नेहरुलाई कारबाही गर्ने समेत तयारी गरिएको बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *