झापा बिर्तामोडमा रहेका अधिकांश होटलहरुमा यौनकर्मी महिला राखेर होटल सञ्चालकहरुले होटल चलाइरहेका छन् ।
अवैध कार्य नियन्त्रण गर्ने दायित्व बोकेको प्रहरीले यस्तो कार्य रोकथाम गर्नुको सट्टा उल्टै कमाइखाने बाटो बनाउँदा यौनकर्मी राखेर सञ्चालन गर्ने होटलहरु झनै बढेका छन् ।
डिएसपीको कमाण्डामा रहेको इलाका प्रहरी कार्यालय अनारमनीबाट करिब ८ सय मिटरको दूरीमा रहेको होटलमा हुने यौनजन्य गतिविधि रोक्न प्रहरी प्रशासनले ध्यान दिएको छैन ।
यौनकर्मी राखेर सञ्चालन गर्ने प्रत्येक होटलहरुले इलाका प्रहरी कार्यालयका प्रमुख तथा झापा प्रहरी प्रमुखलाई मासिक रकम बुझाउँदै आएको बताइन्छ । केही समयअघि बसपार्क बिटका असई पदम विष्टले अनाधिकृत रुपमा केही होटल सञ्चालकसँग रकम लिने गरेको गुनासो समेत आएको थियो ।
उनको नाममा बेनामे उजुरी समेत परेको बताइन्छ । त्यसपछि उनको काँकरभिट्टा सरुवा भएको थियो । पुनः उनी प्रहरी अधिकारीको आशीर्वाद पाएर प्रहरी चौकी बिर्ताबजारको कमाण्ड सम्हाल्न आएका छन् ।
प्रायः यौनकर्मीहरू लागु औषध (ब्राउन सुगर) सेवन गर्ने गरेको कारण सो होटलहरुमा लागुऔषधको समेत कारोबार हुने गरेको बताइन्छ ।
एक होटल सञ्चालकका अनुसार इलाका प्रहरी कार्यालयका घुमुवा प्रहरी हवल्दार बलबहादुर तामाङले त्यस्ता होटलबाट रकम बुझ्दै आएका छन् । उनले पनि तामाङलाई मासिक रुपमा रकम दिने बताए । उनीसँगको कुराकानीको अडियो झापा टुडेसँग सुरक्षित छ । तामाङले सबैतिर सेटिङ मिलाउने गर्ने गरेका छन् ।
ताप्लेजुङ पाथिभरा होटल एन्ड लजका सञ्चालक राम राजवंशीले बिचौलियको भूमिका निभाउँदै आएका छन् । उनी एक दशकदेखि बिर्तामोड बसपार्क क्षेत्रमा यौनकर्मी महिला राखेर होटल सञ्चालन गर्दै आएका छन् ।
उनले प्रहरीसँग सेटिङ मिलाउने काम गर्छन् । उनको होटल भएको लाइनमा करिब १० वटा त्यस्ता होटल छन् । उनले ती प्रत्येक होटलबाट मासिक मोटो रकम असुल्छन् र प्रहरीलाई बुझाउँछन् ।
राजवंशीले बिर्तामोडस्थित भद्रपुर रोडमा पनि डान्सबार समेत सञ्चालन गरिरहेका छन् । मनोरञ्जन प्रदान गर्ने नाममा प्रहरीको आड र संरक्षणमा राजवंशीले राति अबेर सम्म होटल तथा डान्सबार खोल्छन् ।
त्यस्तै, टाइमलेस होटलको दक्षिणपट्टि माधव ट्रेडर्सअगाडि रहेको नाइट लाइफ डान्सबारमा पनि यौनधन्दा सञ्चालन हुँदै आएको स्थानीयले बताएका छन् । साँझ ६ बजे खुल्ने सो डान्सबारका सञ्चालकले राति १–२ बजेसम्म युवतीहरुलाई अर्धनग्न नचाउँदै आएको छन् ।
प्रहरीले संरक्षण गरिरहेका त्यस्ता होटलमा भने बाहिर सटर तथा ढोका बन्द गरेर भित्र यौनकार्य भइरहेको स्थानीयको आरोप छ । त्यस्तै, रात्रिजीवन रंगीन र रमाइलो बनाउने नाममा बिर्तामोडमा खुलेका अधिकांश डान्सबारहरू युवती देखाएर ग्राहक लुट्ने अखडा बनिरहेका छन् ।jhapatodaybatasavar
Discussion about this post