बिर्तामोड / ‘म पनि सक्छुु’ भन्ने मुख्य अभिप्रेरणाका साथ स्थापना भएको गोर्खा फाउन्डेशन नेपालको अध्यक्षमा विर्तामोडका वीरबहादुर दर्नाल (वीरु)पुन: चयन भएका छन ।

सोमवार सम्पन्न एक भेलाले दर्नाललाई पुन: अध्यक्षमा चयन गरेको महासचिव सुवास तिखत्रीले जानकारी दिए । स्थानिय युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्दै सामाजिक कार्यमा अग्रसर गराउँने उधेश्यले २०७५ सालमा फाउन्डेशनको स्थापना गरिएको अध्यक्ष दर्नालले बताए /

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र दास , महासचिव सुवास तिखत्री , उपाध्यक्ष रोशन नेपाली , सचिव कृष्ण अनमोल सुन्दास र कोषाध्यक्ष नविना राई चयन भएको हो । नौं सदस्यिय कार्य समितिको सदस्यहरुमा रेगन प्रसाईं , काजी ठटाल र टोनी मुर्मु रहेका छन् १

फाउण्डेशनले गत चैत्र २१ गते समर्पण अभियानका प्रणेता राजा पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विसे नगर्चीको नाममा राष्ट्रमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पाँच जना ब्यक्तित्वलाई रु ५१ हजार नगदसहित सम्मान गरेको हो ।
राष्ट्रिय सम्मान निरन्तर गरिने वरिष्ठ उपाश्यक्ष दासले बताए / यो वर्षको सम्मान कार्यक्रम काठमाडौमा आयोजना गरीने आयोजकले जनाएको छ ।

फाउन्डेशनले दुई जना विध्यार्थीलाई कानून विषयमा कक्षा १२ मा अध्ययनको ब्यवस्था गरेको र आउँदा वर्षहरुमा पनि यो कार्य निरन्तर रहने छ । विसे नगर्ची बारे स्थगत अध्ययन गर्न फाउन्डेशनको संयोजन र अध्यक्ष दर्नालको नेतृत्वमा झापाका १६ जना पत्रकारको टोली गोरखा जिल्ला पुगेर नगर्ची बारे अनुसन्धान तथा परामर्श गरेको उपाधक्ष रोशन नेपालीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *