आफैले पालनपोषण गरेको छोरीलाई करणी गरी गर्भवती बनाउने एकजना झड्केलो बुबा झापामा पक्राउ परेका छन् ।

बुद्धशान्ति गाउँपालिकामा त्यस किसिमको घटना भएको हो । गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त छैनन् । तिनै ४१ वर्षका झड्केलो बुबाले सानैदेखि पालेका थिए । घटनाको संवेदनशीलतालाई मध्यनजर गरी प्रहरीले पीडित र पीडकका बारेमा खुलाएको छैन ।

बलात्कृत नाबालिकालाई सेफ हाउसमा राखिएको र घटनामा संलग्न झड्केलो बुबालाई पक्राउ गरी आबश्यक कार्वाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *