अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या भएको छ ।
ह्युस्टनमा बस्ने आएकी नेपाली विद्यार्थी मुना पाण्डेको कोठामै गोली हानी हत्या भएको हो । उहाँ ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत हुनुहुन्थ्यो ।
सोमबार अपरान्ह अज्ञात नम्बरबाट अपार्टमेन्टमा फोन आएको र कोठाभित्र लास भएको जानकारी दिइएको थियो । कोठामा हेर्दा मुना मृत भेटिनु भएको थियो । २१ वर्षीया मुनाको कोठामा पुरूषले प्रयोग गर्ने फिटनेसका सामानहरू भेटिएको प्रहरीले जानकारी दिइएको छ ।
उहाँ एक अमेरिकी युवकसँगै सम्बन्धमा रहेको पनि खुल्न आएको छ । मुना एकमात्रै सन्तान हुनुहुन्थ्यो । उहाँका बुबा आमाको सम्बन्ध विच्छेद भइसकेको र उहाँ आमासँग बस्दै आउनु भएको थियो ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ dainiknepal
Discussion about this post