रिभर साइड फाउण्डेशनमा बिर्तामोडमा पहिलो सामुदायिक पुस्तकालयका रुपमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन भएको छ ।
बिर्तामोड पश्चिम बसस्ट्यान्ड दक्षिण रिभर साइडको कार्यालयसँगै सञ्चालनमा आएको पुस्तकालयको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन आज उद्घाटन गर्नुभएको हो ।
मिसन बिर्तामोडको अगुवाईमा सञ्चालनमा आएको पुस्तकालयको उद्घाटन पुस्तकालयको स्थापनमा संयोजनकारी भूमिका खेलेका माधवकुमार झाको जन्मदिनको अवसरमा गरिएको हो ।
कार्यक्रममा उपप्रमुख संग्रौलाले हरेक नगरबासीलाई आफ्नो जन्मदिनको दिन एकएकवटा पुस्तक लाइब्रेरीलाई उपहारस्वरुप प्रदान गर्नसमेत अनुरोध गर्नूभएको छ। पुस्तकालयलाई नगरपालिकाले सहयोग गर्ने पनि प्रतिबद्धता जाहेर गर्दै सवैको चासोको विषय पुस्तकालय बन्न पर्ने तथा सवैले सहयोग गर्नूपर्ने सग्रौलाले बताउनुभयो ।
पुस्तकालय उद्घाटन कार्यक्रममा युनाइटेड रिभर साइड युवा फाउन्डेसनका अध्यक्ष ओमबहादुर खड्काले पुस्तकालयका लागि कोठा उपलब्ध गराउन पाउँदा खुसी लागेको जानकारी दिनुभएको छ
पुस्तकालयका संयोजक झाले हाल दाताबाट प्राप्त करिब चार लाख रुपैयाँबराबरको विभिन्न विधाका पुस्तकहरु रहेको जानकारी दिदै आउनेवर्ष १ लाख थान पुस्तक पुराउन लक्ष्य राखिएको बताउनुभएको छ ।himalkharelbata
Discussion about this post