झापाका मोहन मैनालीले पाए मदन पुरस्कार

0
SHARES
13
VIEWS

झापाली लेखक तथा पत्रकार मोहन मैनालीको कृति मुकाम रणमैदान यसवर्षको मदन पुरस्कारका लागि छनोट भएको छ ।

शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० को मदन पुरस्कार मैनालीको कृति मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो । चार लाख रुपैयाँ राशिको सो पुरस्कर असोजमा वितरण गरिने छ ।

मदन पुरस्कारका लागि गुठीले साउन ५ गते शीर्ष पाँच पुस्तकको नाम सार्वजनिक गरेको थियो । त्यसमा मुकाम रणमैदान उत्कृष्ट घोषित भएको हो । गुठीलाई २०८० सालमा प्रकाशित ३०४ पुस्तक प्राप्त भएका थिए ।

शीर्ष पाँच पुस्तकमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुनतेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि तथा रोशन थापा नीरवको सन्त्रासका साठी दिन परेका थिए ।

मदन पुरस्कार पाउने मैनाली दोस्रो झापाली स्रष्टा बन्नुभएको छ । यसअघि झापाली साहित्यकार कृष्ण धरावासीले मदन पुरस्कर पाउनु भएको थियो । धरावासीको कृति राधा उपन्यास २०६२ सालमा मदन पुरस्करका लागि छनोट भएको थियो ।

२०२१ सालमा तेह्रथुममा जन्मनु भएको मैनाली झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी हुनुहुन्छ । काठमाडौँ जाने क्रममा उहाँ २०३८ सालमा झापा आउनु भएको थियोे । मैनालीको पत्रकारिता झापामा अंकुराएको हो ।

मेची बहुमुखी क्याम्प भद्रपुरमा आइए अध्ययन गर्नु भएको उहाँले २०४७ सालमा तीन हजार रुपैयाँ लेखनवृत्ति पाएर ‘हात्तीले दुस्ख दिएका झापाली र झापालीले दुस्ख दिएका हात्ती’ रिपोर्ट तयार गर्नु भएको थियो ।

नेपाल वातावरण पत्रकार समूहले उपलब्ध गराएको लेखन वृत्तिमा तयार पारिएको सो रिपोर्ट त्यसबेला गोरखापत्रमा छापिएपछि मैनालीको चर्चा पत्रकारितामा चुलिएको थियो। उहाँले दुई दशकभन्दा बढी समय सम्पादनमा खर्चनु भएको छ । खोज पत्रकारितामा राम्रो दखल राख्नुहुने मैनालीसँग हिमाल खबर पत्रिका लगायतमा काम गरेको अनुभव छ ।

पुस्तक लेखन, वृत्तचित्र निर्माण , पत्रकारिता प्रशिक्षण लगायतमा सक्रिय मैनालीका यसअघि उपल्लो थलो, देखेको देश, माण्ठा डराएको जुग प्रकाशित छन् । आकाशमुखी अनुवाद र जोगिमाराका ज्यूँदाहरु वृत्तचित्र मैनालीले निर्माण गरिसक्नु भएको छ ।Himalayatimesbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार