आत्मनिर्भर महिला सहकारी झापा जिल्लामा नै उत्कृष्ट बन्दै

0
SHARES
13
VIEWS

राजकुमार ओली बिर्तामोड झापा। 

सहकारीमा समस्या देखिएका बखत बिर्तामोडको मेयरको सहकारीले छलाङ मारेको देखिएको छ। 

१३ वर्षअघि महिला समूहबाट अभियान थालिएको श्री आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्था ले छलाङ मारेको देखिएको हो। 

केही महिलाहरूले समूह बनाएर सुरु गरेको समूहकै टिमलाई बढाएर सहकारी बनाएपछि अहिले यो सहकारीले झापा जिल्लामा नै उत्कृष्ट नमुना बन्न सफल भएको देखिएको हो। 

१३ वर्ष अगाडि बिर्तामोडमा सुरु गरिएको समूह ले आज आएर १ करोड ३३ लाख ८६ हजार ३ ०० सेयर पुजी बनाउँदै बिर्तामोडका १८ सय २७ जना महिलाहरूको नेटवर्क स्थापना गरेको छ। 

२०६८ साल असार २९ गते २५ जना महिलाहरूले सुरु गरेको सहकारी १३ वर्षमा बिर्तामोड नगर क्षेत्रका १८ सय २७ जना महिला सदस्यहरु बनाएर वार्षिक १ करोडभन्दा बढी नाफा कमाउन सफल भएको देखिएको संस्थाका अध्यक्ष एवं बिर्तामोडका मेयर पवित्रा महतरा प्रसाइले बताउनुभयो। 

आफूहरुले बाहिरको ऋण नलिकन आफ्नै सदस्यहरूको पैसाबाट संस्था स्थापना गरेको र हाल पनि संस्थामा बाहिरको ऋण शून्य भएकोले आफूहरुले राम्रो बोनस बाँड्न सफल भएको र झापाकै उत्कृष्ट सहकारी बनाउन सफल भएकोमा गर्व लागेको बताउनु आउनुभएको हो। 

महिला समूहहरूबाट स्थापना गरिएको यो सहकारीले पछिल्लो नेपालको सहकारीमा देखिएको समस्या मा समेत गर्बिलो पाइला चाल्दै १५% बोनस बाँड्न सफल भएको देखिएकोले र तीनजना मात्रै कर्मचारी राखेर १ करोड नाफा कमाउन सफल भएको देखिएकोले झापाकै उत्कृष्ट सहकारी भएको सहकारीकर्मी एवं सिम्रिक सहकारीका अध्यक्ष सुभाष भट्टराईले बताउनुभयो। 

सहकारीले सहकारी अभियानमा उत्कृष्ट सहयोग गर्ने जेष्ठ आमा सहित एक दर्जनलाई  सम्मान गरेको छ। 

झापाका जिल्ला समन्वय समिति का अध्यक्ष विश्व बराल को हातबाट उनीहरूलाई सम्मान गरेको हो। 

सम्मान पाउनेहरूमा उत्कृष्ट एकल महिला नर्मदा राजवंशी उत्कृष्ट असल ऋणी सबिना प्रसाई बस्नेत असल बचतकर्ता लक्ष्मीमा दर्नाल जेष्ठ महिला पवित्रा खरेल विष्णुमाया घिमिरे रामकुमारी भुजेल योगमाया नेपाल कमल शरी राजवंशी लगायतलाई सम्मान गरिएको थियो। श्री आत्मनिर्भर महिला सहकारीको १३औ साधारणसभामा जिल्ला समन्वय समिति झापाका उपाध्यक्ष शान्ता रोक्का ् सिम्रिक सहकारीका अध्यक्ष सुभाष भट्टराई नयाँ उज्यालो सहकारीका अध्यक्ष सुष्मा पौडेल बिर्तामोड वाड नम्बर ४ का वडा अध्यक्ष राहुल शर्मा विर्तामोडका जनप्रतिनिधिहरु ओम भक्त सेढाई निर्मला लुहागुन दुर्गा सिवाकोटी अडिटर सङ्घका हरि किशोर आचार्य गायतले उत्कृष्ट सहकारी बन्न योगदान पुर्‍याएको भन्दै शुभकामना दिएका थिए। 

संस्थाका सचिव यशोदा प्रसाई भट्टराईको सञ्चालनमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष चन्द्रा सेढाई ले स्वागत तथा कार्यालय प्रमुख पुष्पा दाहालले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। 

बिर्तामोडका मेयर तथा सहकारीका अध्यक्ष पवित्रा महतरा प्रसाईले कार्यक्रमको बारेमा आफ्नो धारणा सदस्यमाझ राख्नुभएको थियो हाल झापा जिल्लामा ७ सय भन्दा धेरै सहकारी सक्रिय छन् भने बिर्तामोडमा मात्रै ११० वटा भन्दा धेरै सहकारी रहेको देखिएको छ। तर धेरै सहकारीहरु विभिन्न विषयका समस्यामा जकडिएका छन् भने नेपालका १० उत्कृष्ट सहकारी हरु झापा जिल्लामा नै रहेका छन् भने उत्कृष्ट पहिलो सहकारी सहारा नेपाल साकोस र उत्कृष्ट दोस्रो सहकारी एनएमसी सहकारी साकोस पनि यही झापा जिल्लामा नै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार