अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को बिर्तामोडमा लोकार्पण

साहित्यकार लीला अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को बिर्तामोडमा लोकार्पण गरिएको छ । केहीदिन अघि काठमाडौंमा बिमोचन गरिएको अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को गृह जिल्ला झापामा शनिवार लोकार्पण गरिएको हो ।

अनमोलको कविता संग्रहको लोकार्पण कवि तथा साहित्यकार मनु मञ्जिलले गरेका हुन् । अनमोलको कवितामा धेरै चुनौतिहरु रहेको समिक्षक प्राज्ञ टीका आत्रेयले टिप्पणी गरिन् । कविता लेखनको क्रममा उनको सहास र आँटको आत्रेयले खुलेरै प्रशंसा गरिन् ।

अर्का समिक्षक प्राज्ञ मुनाराज शेर्माले उपत्यका बाहिरका कविहरुका कविता तमसुक हुने गरेको केन्द्रको आरोप रहेको बतााउँदै अनमोलको कविता समय सापेक्ष एक दमै उत्कृष्ट भएको बताए ।

नेपाल लेखक संघ झापाको आयोजना तथा किरात मुन्धुम प्रतिष्ठान दमकको सह–आयोजनामा आयोजित कार्यक्रममा अन्तिम कुमारी रात नामक कविता संग्रहको समिक्षा प्राज्ञ आत्रेय र शेर्माले गरेका थिए । लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम समिक्षाको सहजिकरण साङसेन पन्धाकले गरेका थिए ।

साहित्यकार केशव आचार्यले स्वागत गरेको कार्यक्रमबारेको औचित्य विवश बलिवद्र् कोइरालाले गरेका थिए । लोकापर्ण समारोहमा झापासहित देशभरका कवि तथा साहित्यकारको सहभागिता रहेको थियो । कार्यक्रममा बिभन्नि श्रष्टाहरुले कविता र गजलसमेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array