झापामा विप्लव नेकपाको विरोध प्रदर्शन

झापा । हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले वृहत् विरोध प्रदर्शन गरेको छ।

आज शनिबार झापाको दमकमा नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा र्‍याली सहितको विरोध प्रदर्शन गरिएको हो ।

पछिल्लो समय अमेरिकाले विश्वका विभिन्न देशहरुमा युद्ध चर्काएर अस्थिरता , अशान्ति मच्चाउँदै हतियारको ब्यापार चलाएको र नेपालमाथि पनि अमेरिकाले विभिन्न परियोजना मार्फत हस्तक्षेप बढाएको नेकपाले जनाएको छ।

एमसिसी नेपालको सदनबाट पारित गरिए सँगै अहिले अमेरिकाले नेपालमा हतियार भित्र्याउन थालिसकेको र सैन्य गतिविधि बढाउन एसपिपी( स्टेट पार्टनरसिप प्रोग्राम ) लागु गर्न लागेको भन्दै नेकपाले विरोध प्रदर्शन गरेको हो ।

गोर्खा डिपार्टमेन्टको नजिकै बाट शुरु भएको विरोध र्‍यालीमा अमेरिकी हस्तक्षेप विरुद्ध विभिन्न नाराबाजी गरिएको थियो भने र्‍याली दमक चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।
कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी ले सम्बोधन गरेका थिए। उनले अहिले केपी ओलीको सरकार एमसिसी कार्यनयन र एसपिपी पास गर्न षड्यन्त्र गरिरहेको उल्लेख गर्दै कुनै पनि हालतमा उक्त कार्य हुन नदिने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *