जुम्लाको स्याउ एक हप्ताको समयपछि झापा आइपुगेको छ।
झापा बिर्तामोड ९ का युवा व्यवसायी रोहित ओलीले एक हप्ता लगाएर जुम्लाको स्याउ झापा ल्याइ पुर्याएका हुन्।।

स्याउको राजधानी भनेर चिन्ने जुम्लाबाट १४ ्१५ वटा जिल्ला पार गर्दै् झापाको बिर्तामोड आइपुगेको व्यवसायी रोहित ओलीले बताए।
आफूले व्यवसाय गर्ने भन्दा पनि केही नयाँ फरकपनको काम गरौं भन्ने हिसाबले यो जुम्लाको स्याउ लाई आयात गरिएको बताए।

करिब १ सय २० कार्टुन जुम्लाको स्याउ झापाको बिर्तामोडमा ल्याइपुरिएको र आजैबाट स्थानीय बजारमा लगिएको ओलीले बताए।
आफूले जुम्लाको स्याउलाई बजार मूल्यभन्दा सस्तो र उत्कृष्ट बनाउन यो काम थालिएको ओलीको भनाइ छ।

ओलीले बिर्तामोड ९ स्थित गारामुनि बजारमा ग्राहकको सुविधाको लागि राखिएको र प्रति पल्ला १ हजार ५० का दरले बिक्री गर्न लागिएको बताए।
गत वर्ष पनि बिर्तामोड केन्द्रीय कार्यालय रहेको सहारा नेपाल साकोसले जुम्लाको स्याउलाई बिर्तामोडमा ल्याएर आफ्ना सदस्य र ग्राहकहरूलाई खरिद बिक्री गरेको थियो।
जुम्लाका किसानहरूको उत्पादनलाई झापासम्म जोड्नको निम्ति सहारा नेपालले यो अभियान थालिएको बताएको थियो।।
पछिल्लो समय जुम्ला लगायतका हिमाली भेगका जडीबुटी सहित सुन्तला स्याउहरू को बजार झापा र कोशी प्रदेशले पाउन थालेपछि किसान हरु उत्साहित बनेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *