राजकुमार ओली।
प्रणामी नगर १४ मेचीनगर।
पछिल्लो समय जन्मदिन मनाउने तरिका फेरिएको छ ।
केक काट्दै होटल तथा पार्टी प्यालेसमा गएर जन्मदिन मनाउने तरिकालाइ केही युवाहरुले नयां तरिकाले बनाउन थालेको पाइएको हो ।
झापाकै बन्द हुन लागेको कृष्ण प्राथमिक विध्यालयका बालबालिकाहरुसँग समेत अगुवा समाजसेवीहरुले जन्मदिन मनाउन थालेपछि बालबालिकाहरुको समेत उत्साह थपिएको देखिएको हो ।
मेचीनगर १४ प्रणामीनगरका सस्थाल तथा राजबशीं समुदायका बालबालिका पढन्े विध्यालयमा पुगेर बालबालिकासँग जन्मदिन मनाउन मेचीनगर चारआलीका एक सिवाकोटी परिवारले मन गरेपछि बालबालिकाहरुमा अनौठो किसिमको उत्साह देखिएको हो ।
यो अभियानले बन्द हुनै लागेको गरिवी तथा पिछडा समुदायका बालबालिकाको दैनिक जिवनमा समेत सकारात्मक प्रभाव देखिएको छ भने चन्दा मागेर सन्चालन गरिएका सामुदायिक प्रावि स्कुलको समेत आर्थिक दैनिकीमा सकारात्मक असर देखिएको पाइएको हो ।
आफ्ना नाती सयोंन सिवाकोटीको एघारौँ जन्मदिनमा हजुरबुबा सरद सेवाकोटीले मेचीनगर १४ प्राणामी नगरको कृष्ण प्राविको विद्यार्थीहरुलाई ३० हजार नगदसहित उपहार सहयोग गर्दै आदीवासी समुदायका बालबालिकासँग आफ्ना नातीको जन्मदिन मनाउनुभएको हो ।
जन्मदिनमा करिव ७६ जना कक्षा नर्सरी देखि ५ सम्मका बालबालिकासँग नै बसेर सिवाकोटी तथा स्कुल परिवारले जन्मदिन मनाएको हो
प्रणामी नगर स्थित कृष्ण प्राविका बालबालिकाहरूका लागि खाजा खर्चमा सहयोग गर्ने लक्ष्यका साथ नाति शिवाकोटीको ११ औँ जन्मदिनमा आर्थिक सहयोग गर्नुभएको हो।
मेचीनगर १४ निवासी समाजसेवी सरद शिवाकोटीले ३० हजार रुपैयाँ सहित सहयोग गर्नुभएको र सवै स्थानियबासीहरुले यसैगरि आ आफ्ना जन्मदिन यही आएर बनाउन सके बाकी ११ महिनाको समेत खाजा खर्च पुग्ने र विध्यालय सन्चालन गर्न सहज हुने सिवाकोटीले बताउनुभएको हो ।
शिवाकोटीले नातीको जन्मदिनको अवसरमा सन्थाल राजवंशी लगायतका आदिवासी समुदायहरू पढ्ने विद्यालयमा आर्थिक सहयोग गरिएको सहयोग शिवाकोटीले बताउनुभयो।
चन्दा सहयोग र पूर्व विद्यार्थी समाजको अगुवाइमा बन्द भएको स्कुललाई सुचारु गरिएको यो कृष्ण प्रावी स्कुल मा यस्ता दाताहरूको सहयोगले आफूहरू उत्साहित भएको र सबैले यसरी नै आफ्ना जन्मदिनहरुमा सहयोग गर्ने हो भने आफूहरूको स्कुल कहिले पनि बन्द नहुने र आफूहरू उर्जावान भएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानाले बताउनुभयो
२०२४ सालमा स्थापना भएको यो कृष्ण प्रावि हिजोका दिनमा बन्दको अवस्थामा पुगेको र पूर्व विद्यार्थी समाजको अगुवाइमा स्कुललाई बिउँताइएको र हाल नर्सरीदेखि कक्षा ५ सम्म ९६ जना विद्यार्थीहरू पढ्ने गरेको र अहिलेको अवस्था सुधारन्मुख देखिएको पाइएको छ।
प्राविका प्र अ सिताराम थापा ले पूर्व समाजका विद्यार्थीहरूको अगुवाइमा यो विद्यालय मुस्किलले बाँचेको तर यस्ता दाताहरूको साथ र सहयोगले स्कुल को मनोबल उच्च भएको जानकारी दिनुभएको छ।
विगतमा समेत समाजसेवी शिवाकोटीले यसै कृष्ण प्राविका बालबालिकाहरूलाई झोला लुगा तथा खाद्य सामग्रीहरु सहयोग गर्नुभएको थियो।
आज आफ्ना नातीको जन्मदिनमा यसरी साना बालबालिकाहरुसँग सँगै बसेर जन्मदिन मनाउन पाउँदा आफूलाई समेत नातीसँगै भएको र ऊर्जा मिलेको सिवाकोटीले हिम शिखर टिभीलाई जानकारी गराउनुभयो।
मेचीनगर १४ का पुर्व बडा अध्यक्ष शँकर पोखरेलले आफुहरुले बाल्यकाल विताएको यो विध्यालयलाइ बचाउन सवैको पहल भएको र आउने दिनमा आफुहरु जस्ता सवै नगरबासीहरुले यस्तो अभियान शूरु गर्न सके हाल भएको ९६ जना बालबालिकालाइ बढाउदै उच्च गुणस्तरीयको शिक्षा तथा सस्कार दिन सकिने देखिएको बताउनुभएको छ ।
आज एक जना नगरबासीको सानो पहलबाट बन्द हुनै लागेको यो विध्यालयलाइ सवैले साथ दिदै जाने हो भने निजी विध्यालयमा पढन नसक्ने बालबालिकाहरुको समेत भविस्य उज्जल बनाउन सकिने जनप्रतिनिधी दिपक थापाले जानकारी दिदै आउने दिनमा समेत पुर्व विध्याथीै समाज लागीपरेको बताउनुभएको छ ।
झापामा पछिल्लो समय यो क्षेत्रका सन्थाल राजबशीं लगाएतका समुदायका बालबालिकाहरुले उच्च शिक्षा पाउन बाट बन्चित रहदै आएको देखिएकोले पनि योअभियानले यो कृष्ण प्राविको भविस्य उज्जल बनाउन सकिने देखिएको हो ।
Discussion about this post