https://www.facebook.com/share/r/Bbzmw6vTbSBjomi9/?mibextid=WC7FNe
राजकुमार ओली बिर्तामोड झापा
झापाका नारी सञ्चारकर्मी हरूले छमछमी नाचेर तीज पर्व मनाएका छन्।
आज मङ्गलबार झापाको बिर्तामोडमा नारी सञ्चार गृहले आयोजना गरेको १३ौं वार्षिक उत्सव तथा तीज मिलन समारोहमा नारी सञ्चारकर्मीहरूले छमछमी नाचेर तीज मनाएका हुन्।
सधैँ अरुका समाचारमा व्यस्त रहने झापाका महिला सञ्चारकर्मीहरूले यसरी दर खाँदै छमछमी नाचेर तीज मनाएको संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले बताउनुभयो।
नाली सञ्चार गृह झापाकी अध्यक्ष रेजिना रोदनको सभापतित्व मा आयोजित १३ औँ वार्षिक उत्सव एवं तीज मिलन कार्यक्रममा झापाका सञ्चारकर्मीहरू अम्बिका भण्डारी लीला अनमोल भीम शिवाकोटी देखि नयाँ पुस्ताका सञ्चारकर्मीहरूको सहभागिता थियो।
आज मंगलबार नै सम्पन्न १३औं अधिवेशनले नदी सञ्चार गृहको अक्षय कोष को लागि विभिन्न विषयहरूमा छलफल गरी प्रस्तावना तयारी गरिएको पूर्व अध्यक्ष भीमा शिवाकोटीले बताउनुभयो।
लामो समयदेखि झापामा महिला सञ्चारकर्मीहरूको सहभागिता भएपनि यो नारि सञ्चार गृहले नारि सञ्चारकर्मीहरूको क्षमता विकास लेखन गुणस्तर व्यवस्थापन तथा सञ्चारकर्मीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको पाइएको छ।
Discussion about this post