माओवादी झापा पार्टीमा खैलाबैला — केन्द्रीय सचिव पुलामी

0
SHARES
58
VIEWS

झापामा युवा नेताहरुले पुराना नेतालाई पार्टी चलाउन नसक्ने तर पद ओगटेर बस्नेलाई राजिनामा देउ नत्र छोडिदेन, युवा अब नेतृत्व गर्न सक्षम छन् भनेर चुनौति दिएपछि माओबादी झापा पाटीका पुराना नेताहरुको मुटुमा ढ्याङ्ग्रो बजेको छ ।

योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालका केन्द्रीय सचिव डम्बर पुलामी मगर (कर्मा)ले झापामा पार्टी विगार्न पुराना नेताको भूमिका भएको भन्दै खरो उत्रिएपछि हलले हुटिङ गरेको थियो । उनले पार्टी विग्रेको जिम्मा पुराना नेताले लिनुपर्ने बताएका छन् । उनले केन्द्रिय सदस्य हुँ भन्ने र गुुट चलाउनेहरुले झापा पार्टी विगारेको किटेरै भनेपछि यतिवेला माओवादी झापा पार्टीमा खैलाबैला मच्चिएको छ ।

झापाका पुराना माओवादी नेतामाथि खरो प्रहार गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन झापाको जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै झापामा लामो समयसम्मपनि पार्टी बन्न नसकेको भन्दै उनले नेताहरु माथि प्रहार गरेका हुन् ।

झापामा पार्टी भित्र भएको गुटका कारण पार्टी बन्न नसकेको तर्फ इङ्गित गर्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले केन्द्रीय तहमा रहेका झापाका पुराना नेताहरुलाई १७ बर्षमा झापाको माओवादीलाई कहाँ पुर्याउनु भयो ? भन्दै प्रश्न गरे । गुटका कारण माओवादी आन्दोलन अगाडी बढन् नसकेको भन्दै पुलामीले यसको अन्त्य हुनु पर्ने बताए । ‘मुखमा राम राम बगलीमा छुरा, वरतिर एउटा कुरा अलि परतिर गयो अर्कै कुरा,’ उनले भने । पुलामीले बोलिरहँदा हलमा भने उनको समर्थनमा चर्को हुटिङ चलिरहेको थियो ।

विद्यार्थीहरु सचेत वर्ग भएकाले माओवादी आन्दोलन, अभियान र सिद्धान्तलाई जनतासम्म पुर्याउन उनीहरुले सक्ने पुलामीले धारणा व्यक्त गरे । माओवादी पार्टीलाई पुनर्जागरण गरी अग्रस्थानमा ल्याउनका लागि विद्यार्थीहरुलाई लागि पर्न आग्रह गर्दै वाइसीएल नेपालले त्यसमा सहयोग गर्ने पुलामीले बताए ।

माओवादी अभियान झापामा सकारात्मक दिशातर्फ अगाडी बढीरहेको भएपनि नेताहरु एउटै मञ्चमा भने देखिँदैनन् । केन्द्रिय कमिटिमा रहेका पुराना माओवादी नेताहरु झलकसिंह दर्लामी (सन्देश), धर्मशिला चापागाईलगायतको टिम जिल्ला संयोजक राजु आचार्य (अग्नीं)को टिमसँग एउटै कार्यक्रममा खासै देखिँदैनन् । पछिल्लो समय जनवर्गीय संगठनका विभिन्न कार्यक्रम झापामा भइरहँदा पनि पार्टीका झापा इञ्चार्जसमेत रहेका सन्देश र नेतृ चापागाईको खासै उपस्थिती नहुने एक नेताले बताए । दर्लामीले त आफ्नै पार्टी निकट जनवर्गीय संगठन प्रेस सेन्टरले आयोजना गरेको सहिद स्मृति दिवशको कार्यक्रम नै वहिस्कार गर्न आफू निकटका कार्यकर्तालाई उर्दी समेत गरेका थिाए ।witlightnews bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार