राजकुमार ओली मियाबारी
बिर्तामोड नगरपालिकामा एकैसाथ सातवटा सडक को काम सुरु गरिएको छ।
आज बिहीबार बिर्तामोड ७ र ६ को सीमामा पर्ने मियाबारी चोकमा गरिएको सातवटा सडकको एकैसा थ शिलान्यास गरी काम सुरु गरिएको हो। बिर्तामोड कि मेयर पवित्रा महोतरा प्रसाइले सातवटा सडकको एकैसाथ एकै स्थानबाट शिलान्यास गरी कामको शुभारम्भ गर्नुभएको हो।
सहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएसँगै बिर्तामोडमा सडक निर्माण हुने भएको छ । महिलाले नेतृत्व गरेका देशभरका १३ वटा स्थानीय तहलाई नमुना शहर अन्तर्गत पूर्वाधार निर्माणका लागि सरकारले बजेट उपलब्ध गराए पछि बिर्तामोडका निकै महत्वपूर्ण सडकको बिहीबार एकैसाथ काम सुरु गरिएको हो।
शहरी विकास मन्त्रालयको नमुना शहर निर्माण गर्ने योजनासहित सडक निर्माण गर्न लागिएको र सडकको शिलान्यास गरिएपछि स्थानीय बासीहरु समेत उत्साहित देखिएका छन्। । बिर्तामोडमा महिला प्रमुख भएको हुनाले नमुना शहर निर्माणको बजेट प्राप्त भएको नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईँले बताउनुभयो
बिर्तामोडमा अन्य स्थानीय तहको भन्दा धेरै सडक भएकाले एकै पटक सबै आयोजना निर्माण गर्न नसकिएको प्रसाईको भनाइ छ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला ले अरु सहरभन्दा बिर्तामोडि आफैमा धेरै सडकहरू भएको र यी सबै सडकहरूमा ढलसहितका पूर्वाधार विकास निर्माणमा सहजता नभएको र आफू हरू लागिपरेको बताउनुभएको छ।
शिलान्यास कार्यक्रममा उपमेयर संग्रौलाले बिर्तामोडमा ठूला साना गरी ६५० भन्दा धेरै सडकहरू भएकोले सबैतिर एकैचोटि विकास गर्न असहज भएपनि आफूहरू विभिन्न निकायको सहयोगमा लागिपरेको जानकारी दिँदै निर्माण गरिएका सम्पूर्ण आयोजनाहरूलाई स्थानीय नागरिकहरूले पनि खबरदारी गर्नुपर्ने र चाँडो समयमै निर्माण सम्पन्न गर्न स्थानीय टोलबासीहरूको पनि भूमिका महत्वपूर्ण बन्ने बताउनुभएको छ।
बिर्तामोड नगरपालिकाको बिर्ता बजार बाट बिर्तामोड ७ को भुसावादी हुँदै मियाबारी भएर बुट्टाबारी जोड्ने मिनी चक्रप थ सहितका बिर्तामोडका महत्वपूर्ण ७ वटै आयोजनाको एकीकृत रुपमा ठेक्का दिइएको हो ।
शान्ति निर्माण सेवाले निर्माणको जिम्मा लिएको यी सम्पूर्ण कामहरूमा यहाँका दलहरू सहित स्थानीय संघसंस्थाहरूले समेत कामको खबरदारी गर्नुपर्ने र समयमय सक्नको निम्ति ठेकेदार कम्पनीलाई कडाईका साथ खबरदारी गर्नुपर्ने देखिएको बताउँदै नेकपा एमाले का अध्यक्ष सुभाष भट्टराईले ठेक्का लगाएर मात्रै नहुने कामको मूल्याङ्कन गर्दै टोलटोलबाट समयमै काम सक्नको निम्ति खबरदारी गर्न आवश्यक रहेको देखिएको बताउनुभएको छ।
आफ्ना टोल टोलमा ठेक्का लागेका काममा सबबेस बेस तथा गिटी बालुवा र बिटुमिनको मात्राको समेत चेक गर्दै ठेकेदारलाई काम गर्ने वातावरणमा सहजीकरण गर्न आफूसहित सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ।
हिजोका दिनमा धेरै ठेक्का लिएका कम्पनीहरुले समयमै काम नसक्ने काममा अल्छीपन देखाउने र कमजोर काम गर्नेहरूबाट बिर्तामोड बासी हरूले विगतको अनुभवलाई मूल्याङ्कन गर्दै अघि बढ्न समेत भट्टराईले अनुरोध गर्नुभएको छ।
कामहरूमा निर्माण मा कुनै कमजोरी नगर्ने कम्पनीका सञ्चालक नयन बरालले जानकारी गराउँदै समयमा र गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने गरी सडक ठेक्का लागेको हो । समयमा बजेट उपलब्ध भए ६ महिनामा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता बरालले गर्नुभयो
शहरी विकास कार्यालयका इन्जिनियर सुरेश चौधरीका अनुसार भ्याट बाहेक ६ करोड ३० लाखको लागतमा निर्माणको लागि ठेक्का लागेको छ । ठेक्का लागेका सडकहरूमध्ये बिर्तामोड ३ को बिर्ता बजार बाट मियाबारी हुँदै सडक आक्सपाल प्रविधिको सडक साढे ५ मिटर चौडाको र अन्य सडकहरू कालोपत्रे गर्ने र एउटा सामुदायिक भवन निर्माण हुने सहमति गरिएको बिर्तामोड १ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिनुभएको छ।
शिलान्यास कार्यक्रममा बिर्तामोड १ का वडाध्यक्ष अग्नि पाण्डे बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी सातका वडा अध्यक्ष कृष्ण अविरल खरेल बिर्तामोड ४ का वडा अध्यक्ष राहुल शर्मा लगायत जनप्रतिनिधि सहितको सहभागिता रहेको थियो
Discussion about this post