भीमज्वाला राईले नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको उपप्रमुखको जिम्मेवारी पाएकाछन् । यस अघि ट्रेड युनियनको इन्चार्जको जिम्मेवारी सम्हालिरहेका राईलाई नेकपा (एमाले) कोशी प्रदेशको चौथो बैठकले जिम्मेवारी हेरफेर गर्दै राईलाई प्रचार विभागको जिम्मेवारीमा ल्याएको हो ।
आइतबार धनकुटाको नाम्जेमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको योजना कार्यशालामा राईलाई ट्रेड युनियनको इन्चार्जबाट विदाइ गर्दै प्रचार विभागको उपप्रमुख हुनुभएकामा बधाई दिइएको थियो ।
पत्रकारिता र आमसञ्चारमा एमए गर्नुभएका राई पत्रकार पृष्ठभूमिका हुनुहुन्छ । पत्रकारितासंगै मजदुर आन्दोलनमा स्थापित राई यस अघि प्रेस चौतारी नेपालको सुनसरी अध्यक्ष र पूर्वाञ्चल सचिवको जिम्मेवारी सम्हाल्नु भएका अनुभवि नेता हुनुहन्छ ।onlinebata
Discussion about this post