बिर्तामोडमा एक महिने जुत्ता चप्पल मेला सुरु

0
SHARES
3
VIEWS

दशैं तिहार लक्षित गरी बिर्तामोडमा एक महिने लुच्चा चप्पल मेला सुरु भएको छ। बिर्तामोडमा आज मङ्गलबार देखि दोस्रो जुत्ता चप्पल मेला सुरु भएको हो ।

मेलाको बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महातारा प्रसाईंले उद्घाटन गर्नुभएको छ।

मेला उद्घाटन गर्दै प्रसाईंले स्थानीय स्रोत साधन उपयोगमा लाग्नुपर्ने बताउनुभयो।।

मेयर प्रसाईले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ।

गत वर्ष आयोजना गरेको मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यस वर्ष पनि मेला आयोजना गरेको हो ।

बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन भइरहेको मेलामा नेपालका पाँचवटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखेका छन् । बिर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सहआयोजक नेपाली जुत्ता घर रहेको छ ।

‘नेपाली उत्पादनको प्रवर्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको मेलामा बिएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरी पाँचवटा कम्पनीको २५ वटा स्टल रहेको मेला संयोजक होमनाथ उपाध्यायले बताउनुभयो। ।

मेला संयोजक होमनाथ उपाध्यायका अनुसार चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध छन् ।

एक महिनासम्म सञ्चालन हुने मेलामा एक लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ

ती कम्पनीको संलग्नतामा भएको मेला यो दोस्रो हो । यसअघि गत वर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो ।

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिइने उपाध्यायले जानकारी आयोजकले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार